Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जिउँदै मट्टितेल खन्याएर जलाइएकि समिक्षाकाे यस्तो दुःखद घटना – Rabin's Blog
Thursday, March 28, 2024

जिउँदै मट्टितेल खन्याएर जलाइएकि समिक्षाकाे यस्तो दुःखद घटना

फेसबुक मात्र मनोरञ्जनको साधन हो या न्याय प्रवाहको स्रोत पनि हो? यदि न्याय प्रवाहको स्रोत हो भने एक बालिकालाइ न्याय दिलाउनका निमित्त केहि पहल गर्ने कि? यसै महिना कञ्चन गाउपालिका बस्ने कक्षा १०मा अध्यनरत समिक्षा ठकुरीको राती घरमा सुतेको अवस्थामा जलाएर हत्या गरिएको छ । उक्त घटनाको दस दिन बितिसक्दा पनि अझैसम्म अपराधी पत्ता लाग्न सकेको छैन।

घटना अपराधिक मनसायले घटाइएको प्रष्ट छ तर बिस्तृत छानबिन गर्न तथा अपराधिलाइ कानुनको दायरामा ल्याउन प्रहरी प्रशासनले आनाकानी गरेको देखिन्छ ।।यस घटनालाइ मिडिया सम्म पुर्याउने हाम्रो प्रयास हो ।एक बालिकालाइ सुतेको अवस्थामा मट्टितेल खनाएर जलाइनु के बालबालिकाको मौलिक हकको बिरुद्दमा छैन ?

आज घटना घटेको दशौ दिन बितिसक्दा पनि किन मौन छ त प्रहरी प्रशासन? कहाँ उपचार खोज्दै छ तुहिएको हाम्रो सरकार ?? के गर्न सकिन्छ सुतेको नाटक गरिरहेको प्रशासनलाई ब्युझाउन? के कागजमा मात्र सिमित छन मानव अधिकार र यसका आदर्श ??किन सुन्दैनौ ए अवसरबादी राजनितीज्ञ/ जनप्रतिनिधि ?*किन मौन छ सन्चार तथा मिडिया?*के साच्चै नेपालको कानुन अन्धो छ या बनाउन खोजिदै छ?

के कानुनी उपचारको हक हुनेखाने लाई मात्र छ?समाजको हितका लागि र आगामी दिनमा एस्ता घटना नदोहोरियोसभन्नका लागि सम्पुर्ण मिडियाकर्मी साथिहरुको साथ र सहयोगको अपेक्षा गरेका छौं । साथै यस समाचारलाइ सरोकारवाला ,सम्बन्धित निकायसम्म पुराउन तपाईं हामी सबैको साथ र दबाब जरुरी छ । त्यसैले तपाइहरु पिडितलाइ न्याय प्रदान गरियोस भन्ने चाहानु हुन्छ र अन्य केही कदम चाल्न चाहानु हुन्छ भने घटनाको थप जानकारिको लागि 9867505431 (बिनोद दर्लामीज्यु) लाईसम्पर्क गर्न सक्नुहुनेछ । र अन्त्यमा मृतकको आत्माको चिर शान्तिको लागि कामना गर्दछौं ।।
Please share it (सक्दो सेयर गर्नुहोला)
धन्यबाद !!

स्रोत:Nepal chautari online.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *