Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विबाह गरेर पुरुषको घर जाने होइन, पुरुषलाई घर भित्र्याउने नियम बनाउनु पर्छ ! – Rabin's Blog
Thursday, May 26, 2022

विबाह गरेर पुरुषको घर जाने होइन, पुरुषलाई घर भित्र्याउने नियम बनाउनु पर्छ !

काठमाडौं। सम्पत्तिमा महिलाको समान अधिकार हुनुपर्छ भनेर २०५० सालमा सर्वोच्च अदालतमा रिट हालेकी थिइन् अधिवक्ता तथा महिला अधिकारकर्मी मीरा ढुंगानाले । त्यसबेला हालेको रिटको सुनुवाई २०७२ मा लैगिंक समानतासम्बन्धी ऐन आएपछि बल्ल भयो ।झण्डै २२ वर्षसम्म सम्पूर्ण शक्ति लगाएर ल्याइएको अधिकारको उपभोग गर्न नपाउँदै मुलुकी ऐनको स्वरुप परिवर्तन भई ल्याउन लागिएको देवानी र फौजदारी संहिताले १८ वर्षपछि स्वेच्छामा अंशवण्डाको व्यवस्थाले महिला झनै विभेदमा पर्ने भन्दै उनले फेरि आवाज उठाउँदै आएकी छन् ।वि.सं. १९१० मा मुलुकी ऐन जारी भएको झण्डै १ सय ६५ वर्षपछि नामै परिवर्तन भएर देवानी मुलुकी संहिता र फौजदारी मुलुकी संहिता लागु हुने तरखरमा छ । यो ऐन २०७५ भदौ १ गतेदेखि लागु हुनेछ ।

नयाँ आउन लागेको देवानी संहिताको स्वेच्छाको अंशबण्डा र सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्थाले पुनः पितृसत्ताले टाउको उठाउन लागेको भनेर विरोध जनाउने महिला अधिकारकर्मी तथा अधिवक्ता ढुंगानासँग गरेको कुराकानी ।मुलुकी ऐनको नयाँ स्वरुप देवानी र फौजदारी संहितामा महिलाको समान अधिकार सुनिश्चित गरेको जस्तो लाग्छ र ?

कार्यान्वयनको पर्खाइमा रहेको देवानी संहिताका ऐनहरु पनि विभेदकारी छन् । अहिले जुन यो संहिताहरु ल्याउने तयारी गरिँदैछ, त्यसले फेरिपनि पितृसत्ता उठेको भान हुन्छ । अहिले बल्ल समान कानुनी व्यवस्था आयो र छोरीहरुले सम्पत्तिमा समान अधिकार पाएर कानुनको उपभोग गर्न पाउने बेला भयो ।यो आइसकेपछि कम्तिमा ५० वर्षसम्म उपभोग गर्न पाउनुपर्छ तर त्यो अभ्यास नभईकन अर्को इच्छापत्रमा अंशको व्यवस्था गर्नु हुँदैन भन्ने मेरो मान्यता हो ।

यस व्यवस्थाले फेरि पनि छोरी नै विभेदमा पर्छन् । सम्पत्तिमा समान अधिकारको लागि २०५० सालमा मुद्दा हालेपछि बल्ल २०७२ सालमा फैसला आयो । मुद्दा हालेको २२ वर्षपछि बल्ल कानुन आयो र अब त्यसको अभ्यास गर्न १८ वर्षमात्रै दिएर हुँदैन ।कम्तिमा ५० वर्ष गर्नैपर्छ, अनिमात्रै छोरी पनि मानव हो, उनले पनि सम्पत्ति लगायतका सम्पूर्ण अधिकार समान रुपमा उपभोग गर्न पाउनु पर्छ भन्ने मूल्यमान्यता स्थापित हुन्छ ।

झण्डै दुई दशकपछि लागु हुने स्वेच्छामा अंशवण्डासम्बन्धी ऐन त्यसबेलाको समाजको लागि उपयुक्त नै हुने कुरा पनि उठिरहेको छ नि ?भविष्यको कुरा अहिले गरेर हुन्छ ? अंशमा समान अधिकार भयो, छोरी पनि अंशियार हुने भए भन्ने त्रासले कानुनलाई लटरपटर गरेर षड्यन्त्रपूर्वक इच्छापत्रको व्यवस्था ल्याउन लागिएको हो । यो पूरै षड्यन्त्र जस्तो लाग्छ । पोजिटिभ हुने भए त समान अधिकार उपभोग गर्ने कुरामा पोजिटिभ देखिनुपर्ने नि ।

अनुमान मात्रै गरेर हुँदैन । भर्खर २०७२ मा समान अधिकार सम्बन्धी आएको कानुन कतिलाई थाहा पनि छैन । सर्वोच्चबाट फैसला भएको दुई वर्षको अवधिमा त्यो उपभोग गर्ने जानकारी पनि छैन र उपभोग गरेको अवस्था पनि छैन ।

विभेद कहाँनेर छ त ?

देवानी संहिताको कुरा गर्दा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था हेर्नुस् न, त्यसमा के भनेको छ भने महिलाको कारण सम्बन्ध विच्छेद हुन्छ भने महिलाले अंश नपाउने तर पुरुषको कारण सम्बन्ध विच्छेद भयो भने पुरुषले सम्पत्ति पाइरहने । यस्तो पनि व्यवस्था हुन्छ त रु यस संहिताले भोलि त महिलाहरु सम्बन्ध विच्छेद हुने नैसर्गिक अधिकारबाटै बञ्चित हुने भए नि । यस विषयमा गहिराइमा गएर अध्ययन र विश्लेषण नै नगरिकन ल्याउन लागिएको हो । हाम्रो विरोध त्यहीनेर छ ।

सम्बन्ध विच्छेदपछि महिलालाई सम्पत्ति चाहिँदैन र ?

यस्तो व्यवस्था ल्याउनुभन्दा पहिले त विवाहको कल्चर नै परिवर्तन गर्नुपर्छ । महिलालाई विवाह गरेर पुरुषको घरको सट्टा पुरुष नै महिलाको घर आउनुपर्ने बनाउनु पर्यो नि त । यसले जसरी पनि पितृसत्ता टिकाइरहने भनेर ल्याउन लागिएको कानुन हो ।मुलुकी ऐनमा सम्बन्धविच्छेद महिलाको कारणले होस् वा पुरुषको कारणले होस् उसको अधिकार हनन हुने हुरा त थिएन नि तर यो संहिताहरुले पितृसत्ता झन् दह्रो भएर आइरहेको छ । उक्त संहिताले पितृसत्ताले पुनः टाउको उठाउने भएको छ ।

यसमा अब के गर्न सकिन्छ त ?

हामीले यो विभेदकारी व्यवस्था ल्याउन हुँदैन भनेर भन्दैछौं । ठाउँ–ठाउँमा कार्यक्रम गरिँदैछ । यस विषयमा मेरो त विधायन समितिको अध्यक्षसँग नै खटपट भयो । यद्यपि यो अहिले लागु हुने होइन कार्यान्वयन हुने झन टाढाको कुरा हो । यो कुनै हालतमा आउँदैन ।

कानुनविद्हरुले यस संहिताले पुरुष प्रधानताको अन्त्य गर्छ भन्दैछन् त ?

अहिलेसम्म सबैकुरा र सम्पूर्ण सम्पत्ति पुरुषले नै होल्ड गरेर राखेको अवस्था छ भने पुरुष सत्ता कसरी अन्त्य हुन्छ रु मैले पहिले नै भनिसकें छोरीलाई अंश दिनुपर्छ भनेर कानुनलाई लटरपटर गरेर स्वेच्छाको प्रावधान ल्याउन लागिएको हो । जबसम्म हाम्रो वैवाहिक कल्चर परिवर्तन हुँदैन, तबसम्म पुरुषसत्ता हट्ने कल्पना नगर्दा हुन्छ ।पुरुषसत्ता त हाम्रोमा विवाहबाटै सुरु हुन्छ, कि यो कल्चर नै परिवर्तन गर्नुपर्यो । डेफ्थमा यस विषयको अध्ययन तथा होमवर्क र रिसर्च नै नगरी ल्याएको कानुन कार्यान्वयन नै हुँदैन ।२०७५ भदौ १ गतेदेखि देवानी र फौजदारी लगायतका संहिताहरु लागु हुने कुरा भइरहँदा उक्त कानुन कार्यान्वयन नहुने कुरा यति विश्वासका साथ कसरी भन्न सकिन्छ ?

देवानी संहिता पारित भएको छैन भने त्यसरी अनुमान गर्ने कुरा भएन । अब फौजदारी संहिता पनि अहिलेसम्म प्रमाणिकरण भएको छैन भन्ने सुनिरहेको छु । मुलुकी ऐन विस्थापित गर्न दुबै लागु हुनुपर्यो ।लागु हन्छ हुँदैन त्यो आफ्नो ठाउँमा हो, तर कार्यान्वयन हुने कुरामा धेरै व्याख्या गर्नै पर्दैन । अर्को कुरा यस संहिताले पितृसत्ता हटाउँछ भन्ने कुरा हुँदै होइन फेरि पनि भेदभावमा महिला नै पर्छन् ।देवानी संहितामा महिला अधिकार र हकको विषयलाई कुन ऐनले समयसापेक्ष ढंगले सम्बोधन गरेको महसुस गर्नुभएको छ ?कुरितिहरु हटाउने जस्ता सैद्धान्तिक कुराहरु ल्याइएको छ तर कार्यान्वयन कसरी हुन्छ त्यो महत्वपूर्ण हो । बाह्रखरी डट कम

तपाईको जीवनबाट खुसी हर्ने यी हुन् प्रमुख कारणहरु
काठमाडौँ । हरेक मानिस खुसीका साथ जीवन बिताउन चाहन्छ । आफ्नो जीवनलाई सुखी बनाउन नै मानिसहरु दिनरात तल्लीन हुन्छन् । धेरै मानिसहरुले विलासितालाई खुसीसँग दाँज्छन् । तर निकै गरिब मानिस पनि खुुसी हुन सक्छ र निकै सुखमय जीवनयापन गर्ने मानिस दुःखी पनि हुन सक्छ । मानिस कसरी खुसी हुने भन्ने कुरा उसको जीवनयापन, चाहना, सन्तुष्टि तथा व्यक्तित्वसँग सम्बन्धीत हुन्छ ।फिनल्याण्ड विश्वमा सबैभन्दा बढी खुसी देश भएको एक अध्ययनले देखाएको छ । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँका मान्छेहरु भने पूर्णरुपमा खुसी छैनन् ।हामी भित्र रहेका सकरात्मक र नकारात्मक पक्षले हाम्रो खुसीलाई प्रभाव पार्छ । प्रेम, आदर, अनुग्रह, आनन्द जस्ता सकारात्मक भावनाले हाम्रो जीवन खुसी लयाउँछ भने नकरात्मक भावनाहरु जस्तै घृणा, रिस, इर्श्या, इख, गुनासो आदिले हामीलाई दुःख दिन्छ ।

मानिसलाईृ दुखी बनाउने प्रमुख कारणहरु महत्वाकांक्षा लक्ष्मी प्रसाद देवकोटाले हामीलाई चन्द्र छुने लक्ष्य लिनको लागि प्रेरणा दिएका छन् । जसको अर्थ हामीले जीवनमा ठूला इच्छा चाहना तथा लक्ष्य राख्नु पर्छ भन्ने हो । वास्तवमा त्यसले नै जीवनमा प्रगतितर्फ लैजान्छ । तर कतिपय अवस्थामा मानिसहरुमा आफ्नो लक्ष्यमा पुग्न नसक्दा निराश हुने तथा दुःख लाग्ने हुन्छ । यो सामान्य पनि हो तर यो लामो समयसम्म रहन हुँदैन । असफलतालाई आत्मसाथ गर्न नसक्दा जीवन दुखी हुन जान्छ ।खुसीको ठूलो शत्रु हो, अहम् । अहमले मानिसको व्यक्तित्व विकासमा असर पुर्‍याउँछ । यसले व्यक्तिको छविलाई पनि खल्बल्याउँछ । यसले मान्छेलाई डिप्रेशनमा धकेल्छ । अहम्ले व्यक्तिलाई म मात्रै सही र अरु सबै गलत भन्ने भावना ल्याउँछ । अन्ततः यसले आत्मग्लानी महशुस गराउँछ । जसले दुखी बनाउँछ ।गुनासो गर्ने बानीले मनलाई अस्वस्थ बनाउँछ । गुनासा गर्नेले सधैँ अरुलाई नै दोष दिने गर्छ । हरेक कुरामा गुुनासो गर्ने मानिसले प्रगति गर्न सक्दैन । यसले मन दुखाउँछ । आत्मबल कमजोर बनाउँछ । यसले उसलाई एक्लोपनतिर धकेल्छ । जसले अन्ततः कुरा खेलिरहने, टाउका दुख्ने हुँदै डिप्रेशनसम्म पुग्छ ।

एउटा उखान छ, ‘विष नभएको सर्प र इख नभएको मानिसको काम हुँदैन’ भन्ने । हो मानिसमा केही गर्ने इख हुनुपर्छ तर त्यो ईर्श्यामा परिणत हुनुहुँदैन । यस्तो प्रकारको इखले पनि आफैँलाई समस्यामा पार्छ । कसैले निरुत्साहित बनाउने प्रयास गर्‍यो भने उसलाई देखाउनकै लाथि इख लिइयो भने चाहीँ त्यसले सकारात्मक रुप लिन सक्छ । तर यसले व्यक्तिको मन दुख्नु हुँदैन । उसले यस्तो गरेको थियो, त्यसलाई यस्तो गर्छु खालका भावना आएमा भने त्यसले रिस बढाउँछ । र हामीलाई खुसी हुनबाट रोक्छ ।
रिस उठ्नु स्वाभाविक प्रतिकृया हो । तर अनावश्यक रिसाउने मान्छे भने जीवनमा सधैँ दुखी भएको पाइन्छ । हामी कोही रिसाउँदा मसँग रिसायो भन्ने ठान्छौँ । तर, ऊ आफैँसँग रिसाएको हो । ऊ भित्र पीडा, तनाव, आवेग आदिको बोझ छ । त्यो उतारेको हो । बाटोमा गाडीमा हिँड्दा कसैले थोरै छोयो भने ‘मार्न खोजेको?’ भन्दै कराउँछौं । उसले तपाईंलाई चिनेको त छैन, किन मार्न खोज्थ्यो । अन्जानमा भयो । तपाईंले पनि कहीँ ठोक्काउनु भएको थियो होला अन्जानमा । रिसलाई दबाउनु पनि डिप्रेशनबाट जागिने सही उपाय हो ।

खुसी हुन के गर्ने ?
असफलतालाई आत्मसाथ गर्ने दुखी भइन्छ भनेर जीवनमा महत्वाकांक्षा नराख्ने गर्नु हुँदैन । तर कुनै पनि लक्ष्य प्राप्तिको बाटोमा असफलता हुन पुगेमा निराश हुनु हुँदैन । जीवनमा सधैँ सफल भइदैँन भन्ने सत्यलाई आत्मसाथ गर्नुपर्छ । र असफलताको पाठ सिकेर त्यसलाई सामर्थ्यमा बदल्नु पर्छ ।
सहयोगी बन्नेजीवनमा एकपटक कसैलाई निश्वार्थ रुपमा केही सहयोग गरेर हेर्नुहोस् त्यसले एक प्रकारको खुसी ल्याउँछ । सहयोग पाउने भन्दा सहयोग गर्ने मानिस बढि खुसी हुन्छ । अझ कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैँलाई भएको हुन्छ । सहयोगले आत्मबल बढाउने र खुसी ल्याउँछ ।

जसले कसैले माफ गर्न जानेको हुन्छ त्यसले नै माफि पाउँछ । गल्ती जीवनमा हरेक मानिसहरुबाट हुन्छ । कहिलेकाहिँ आफूले भुलवश वा आवेशमा आएर भएका गल्तीले दोस्रो व्यक्तिको मन दुखेको हुन्छ । आफूले अरु कसैको केही बिगारेको भए उससँग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहोर्‍याउने गरी माफी दिने गर्नुपर्छ । माफि दिने मानिसमा गल्तीको आत्मग्लानी कम हुन्छ । यसले अझ जिम्मेवार पनि बनाउँछ । यसले मनलाई हल्का बनाउँछ ।

सन्तुष्टि नै खुसीको प्रमुख मुल हो । आफूले प्राप्त गरेका कुरामा धन्य हुँदा मनलाई आराम दिन महत्वपूर्ण तत्व हो । मैले यति त पाएँ भन्ने खालको महशुस गर्न सक्नुपर्छ । कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ । केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो । हामी अहिले मुखले धन्यवाद त भन्छौँ होला मनैदेखि धन्य हुन भने छाडेका छौँ । धन्य भएमा खुसी भइन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।

उदारता मनलाई जति कडा बनाइयो, त्यति नै भाँचिने सम्भावना अधिक रहन्छ । त्यसैले हामीले मन स्वस्थ राख्न वा भाँचिन नदिन उदार हुन जरुरी हुन्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ सही हुन्छ । उदारता भएको व्यक्तिमा माथिका सबै गुण हुन्छन् । –एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *