Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
प्रचण्ड र केपी ओलीलाई अमेरिकाको ओस्कार अबार्ड ! के मा पाए त ? पुरा हेर्नुहोस – Rabin's Blog
Thursday, April 25, 2024

प्रचण्ड र केपी ओलीलाई अमेरिकाको ओस्कार अबार्ड ! के मा पाए त ? पुरा हेर्नुहोस

काठमाण्डु, १३ जेठ– नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले आफ्ना पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विद्यालयका हेडमास्टरसँग तुलना गर्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्ताप्रति समान व्यवहार गर्न आग्रह गरेका छन् ।

उनले नयाँ पार्टीमा जिम्मेवारी दिँदा कसैमाथि भेदभाव नगर्न दुवै अध्यक्षलाई सचेत गराए । मुलुक परिवर्तनका लागि केपी ओलीले लामो समयसम्म कठोर जेलको यातना खेपेको र प्रचण्डसहित उनको टिमले मृत्युलाई हत्केलामा राखेर संघर्ष गरेको चर्चा गर्दै उनले त्यस्तो इतिहास भएका नेताहरुबाट पक्षपाती व्यवहार हुन नहुनेमा जोड दिए । परीक्षमा शिक्षकले कापी काट्दा खेलाँची गरेर कुनै विद्यार्थीलाई कम र कुनैलाई बढी नम्बर दिँदा विद्यार्थीको भविष्य बिग्रिएजस्तै राजनीतिमा लागेका कार्यकर्ताको भविष्यसँग खेलबाड नगर्न उनको आग्रह थियो ।

ओली र प्रण्डसमेत परीक्षमा रहेको तर्क गर्दै भट्टराईले कसैमाथि कर्के नजर नलगाउन आग्रह गरे । ‘पार्टी एक भएपछि सही जिम्मेवारी पाइन्छ कि पाइँछैन ? प्रचण्ड कमरेड र केपी कमरेडले सबैमाथि सही नजर गलाउनुहुन्छ कि हुँदैन ?’, तत्कालिन राज्यद्वारा प्रहरी हिरासतमै यातना दिएर हत्या गरिएका पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को १६ औं स्मृति दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘कापी काट्दा हेडसरहरुले सही नजर नलगाई काट्नुभयो भने विद्यार्थीको भविष्य नै बिग्रन्छ ।

अब हाम्रा हेडसरहरुले कसैमाथि कड्के नजर लगाउनुपर्ने अवस्था रहनुहुँदैन ।’ भट्टराईले भने, ‘जिन्दगीका कठिन मोडमा लडेर कम्युनिष्ट आन्दोलनलाई यहाँसम्म ल्याएका नेताहरुले कसैमाथि पक्षपात गर्नुहुँदैन । केपी ओली १४ वर्षसम्म कठोर जेल बस्नुभयो । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पनि जेल बस्नुभयो । प्रचण्ड र उहाँको टिम हरर क्षण मृत्युसँग जुधदै बाँचेर आएको हो ।’ भट्टराईले पुँजिवादीहरुका कथामा भन्दा आफ्ना नेताहरुका कथामा चर्चित चलचित्र बन्ने दाबी गरे ।

‘फिल्म बनाउने हो भने प्रचण्ड कमरेड र केपी कमरेडले ‘ओस्कार अबार्ड पाउनुहुन्छ, उनले भने, ‘ अमेरिकाको ओस्कार अबार्ड कम्युनिष्ट नेतालाई नदेलान तर, पक्षपात नगर्ने हो भने त्यस्तो फिल्म बन्छ ।’ नेताहरुले राम्रो उद्देश्य राखेर काम गर्दा कहिले काहीं कार्यकर्ताले व्यक्तिगत रुपमा नोक्सानीमा पर्दा चित्त बुझाउने र नेतालाई माफी दिने उल्लेख गर्दै कसैप्रति भेदभाव नहुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । केपी ओली र प्रचण्डको नेतृत्वमा २०१९ सालदेखि पटकपटक विभाजन र फुटको ऋंखलाबाट गुज्रिएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर आफूहरुले युगान्तरकारी र अविश्मरणीय काम गरेका दाबी उनको छ ।

एकतापछि नेपालमा चीन र भियतनामपछिकै ठूलो कम्युनिष्ट पार्टी निर्माण भएको भन्दै भट्टराईले आफूहरुको नेतृत्वमा भएको दुई तिहाई बहुमतको सरकारले कुनै पनि बहाना बनाएर जनताका अपेक्षा पूरा गर्नबाट पछि हट्न नसक्ने स्पष्ट गरे । ‘हामीलाई त्यस्तो छुट र त्यस्तो मौका छैन कि फलानो कारणले यो काम गर्न सकेनौं’, उनले भने । पार्टीको काँधमा ऐतिहासिक जिम्मेवारी आएका बेला प्रतिपक्षसँग दम्भी नभई लचक भएर सहकार्य गर्न नेताहरुलाई आग्रह गरे ।

उनले हाल प्रतिपक्षमा रहेको काँग्रेस विगतमा गणतन्त्र स्थापनाको आन्दोलनमा आफूहरुसँगै सहकार्यमा रहेको स्मरण गर्दै नेता भट्टराईले प्रतिपक्षलाई कम्युनिष्ट पार्टी दम्भी भएर प्रस्तुत हुन्छ कि भन्ने आशंका रहेको र उक्त आशंका हटाएर काम गर्नुपर्ने वचार व्यक्त गरे । ‘हामीलाई थाहा छ अहिलेको प्रतिपक्षसँग हिजो गणतन्त्र ल्याउने आन्दोलनमा हामी सँगै थियौं । आज पनि छौं र भोलि पनि हुनेछौं’, उनले भने । भट्टराईले प्रतिपक्षलाई पनि बासी र ढुसी उम्रिइसकेका पूराना विषयमा भन्दा ताजा विषय उठाएर सरकारलाई चनाखो बनाउन भूमिका खेल्न सुझाव दए ।

भट्टराईले ओलीले पार्टी एकता घोषणा कार्यक्रममा आफू र प्रचण्डलाई जेट प्लेनका क्याप्टेनको संज्ञा दिएको प्रसंग कोट्याउँदै पार्टीमा रहेका आफूजस्ता पाइलटहरुले पनि क्याप्टेनले कसरी हात चलाउँछ ? कसरी खुट्टा चलाउँछ र खराब मौसममा पनि जहाजलाई कसरी सहजतापूर्वक सही दिशामा उडाउँने हो भन्नेबारे चनाखोपूर्वक नियाली रहेको बताए । ‘तेश्रो र चौथो पुस्ताले नजिकै बसेर आउँदो पुस्ताको नेतृत्व कसरी गर्ने भनेर हाम्रा क्याप्टेनहरुसँग सिक्दैछन् । अरु पाइलटहरुले तपाईंले प्लेन उडाएको हेरिहेका छन्’, उनले भेन । भट्टराईले एकतापछि बनेको नयाँ पार्टीको केन्द्रीय समितिमा नपरेकामा चिन्ता गर्दै हिंडेकहरुलाई नआत्तिन आग्रह गरे ।

‘अमेरिकालाई जित्ने महत्वाकांक्षा राखेर अगाडि बढेको चीनका जनता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भइएन भन्नेमा चिन्ता गर्दैनन्’, भट्टराईले भने, ‘अबको १० वर्षमा देशले कायापलट गर्छ र गर्नुपर्छ भन्ने उद्देश्य राखेर काम गर्ने हो भने कसैले पनि पदको चिन्ता गर्नु हुँदैन । फरक प्रसंगमा उनले नेपालमा कम्युनिष्ट पार्टीको सरकारको पाँच वर्षे अवधिमा नेपालको प्रेसले सबभन्दा स्वतन्त्रताको अनुभूति गर्ने दाबी गरे । यद्यपि प्रेस छाडा हुँदा उसको आफ्नै इज्जत घट्ने विषयमा पत्रकार महासंघसहित सबै पत्रकार सचेत हुनुपर्ने बताए । ‘सरकारको बारेमा लेखेबापत कुनै पनि पत्रकार दण्डित हुनुपर्दैन । तर, विरोध तथ्यसंगत हुनुपर्छ । तथ्यसंगत र जायज विरोध हुन्छ भने सञ्चारमन्त्रीलाई भनेर त्यस्ता पत्रकारलाई पुरस्कारको व्यवस्था गरिन्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *