Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै आयो डा. केसीको सबै नेपाली जनतालाई रुवाउने खबर !! – Rabin's Blog
Wednesday, April 24, 2024

भर्खरै आयो डा. केसीको सबै नेपाली जनतालाई रुवाउने खबर !!

जुम्ला/काठमाडौं : रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्।

डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले सोमबार जनाएका छन्। सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ।

वीर अस्पतालका मुटु विभाग प्रमुख प्राध्यापक डा. प्रकाशराज रेग्मीका अनुसार डा. केसीको स्वास्थ्य अवस्था जटिल हुँदै जाँदा हृदयगति बन्द हुने पहिलो खतरा रहन्छ। उनले भने, ‘रगतमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम यी सबै चिजको कमी हुँदै गएपछि पहिला ढुकढुकीमा गडबडी आउँछ। ढुकढुकीमा आउने गडबडीले हृदय गति अन्ततः बन्द गराउँछ। सबैभन्दा ठूलो खतरा कुनै पनि समय हृदय गति बन्द हुन सक्छ।’

रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ। ‘मस्तिष्क घातको असर मुटुमा पनि देखा पर्न सक्छ। आकस्मिक मृत्युको एउटा कारणमा मस्तिष्क घात पनि हो’, उनले भने। सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ। निमोनियाका कारण पनि मृत्युको खतरा रहन्छ’, डा. रेग्मीले भने। अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ।

उपचारमा डा. केसीको तर्फबाट सहयोग नभएका कारण उपचार गर्न कठिनाइ भएको एक चिकित्सकले बताएका छन्। डा. केसीलाई जुनसुकै बेला पनि आईसीयूको आवश्यकता पर्न सक्ने भएपनि प्रतिष्ठानमा सो उपलब्ध नहुँदा समस्या पर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *