इटहरी । बालिकाको हत्या गरेको आरोपमा इटहरी–१ माझी टोलकी १७ वर्षीया उमा माझी लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । असार १ गते अर्जुन लिम्बुकी ६ वर्षीया छोरी अपेक्षा लिम्बुको उनले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
खाना खाएर सुतेकी अपेक्षा असार २ गते कोठामा बेहोस अवस्थामा फेला परेकी थिइन् । उनीलाई उपचारको लागि धरान घोपा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
सौतेनी आमा उमाले अपेक्षाको घाँटी थिचेर हत्या गरेको खुलेको छ ।