Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
विवादमा मुछिदै टंक बुढाथोकी : अशोक दर्जीले परिक्षानै नदिएको खुलासा, अशोकका बारेमा खुले यस्ता रहस्यहरु(भिडियो सहित) – Rabin's Blog
Friday, March 29, 2024

विवादमा मुछिदै टंक बुढाथोकी : अशोक दर्जीले परिक्षानै नदिएको खुलासा, अशोकका बारेमा खुले यस्ता रहस्यहरु(भिडियो सहित)

अशोकको अहिले परिक्षा चलिरहेको छ । यूकेजीमा अध्ययनरत अशोकको परिक्षा चलिरहँदा टंकले उनलाई काठमाडौ ल्याएका छन् । व्याथल इजुकेशन बोडिङ स्कूलका पि्रन्सिपल दिपक न्यौपानेले अनलाइनखबरसँग भने-‘यूरोपका लागि प्रक्रिया अगाडि बढाउनुछ, उसको परिक्षा छुट्दैन भन्दै टंकजीले अशोकलाई लैजानुभयो । तर, २ वटा परिक्षा उसको छुटिसकेको छ । अशोक काठमाडौमा नै छन् ।’

अशोकको परिक्षा छुटाएर किन काठमाडौ ल्याउनुभएको भन्ने प्रश्नमा टंकले भने-‘यूरोप टुरका लागि स्पोन्सरले प्रक्रिया अगाडि बढाउन भनेपछि मैले काठमाडौं ल्याएको हुँ । उसले परिक्षा फेरि दिन्छ ।’

टंकले यूरोप र अमेरिकाका लागि टूरको कुरा भए पनि कुन मितिमा हुन्छ भन्ने पक्का नभएको बताए । अशोकपछि टंकले उनका बुवाआमालाई पनि काठमाडौं ल्याए । टंक र दिपकले अशोक काठमाण्डौ गएको कुरा मिडियामा नभन्ने सल्लाह गरेका थिए । तर, अशोक काठमाडौंमा पुग्ने बित्तिकै टंककै युटुब च्यानलबाट अशोकका बा-आमा प्लेन चढेको, उनको स्टूडियोमा पुगेर अशोकलाई भेटेको भिडियो अपलोड भएको छ ।

दिपक भन्छन्-‘मिडियामा खबर गर्दा हल्ला बढी हुन्छ भनेर हामीले परिक्षा सकेर काठमाडौं लैजाने र भोलिपल्ट अर्को परिक्षामा सहभागी हुने गरी बोडिङमा हाजिर गराउने कुरा गरेका थियौं । तर, टंकजीले त पुरै भिडियो नै अपलोड गरिदिनुभएछ । त्यसो नगरेको भए हुन्थ्यो ।’ यता, टंक वुढाथोकी भने अशोक दैनिक रुपमा के गर्दैछन्, उनका लागि के कस्ता काम भैरहेका छन् भन्ने जानकारी उनका फ्यानहरुले लिन चाहने भएकाले भिडियो अपलोड गरेको बताउँछन् ।

अशोकका पि्रन्सिपल दिपकले अशोकका दिदी र बहिनी, उनका साथी भूइकटर र उनकी बहिनीलाई पनि आफूले निशुल्क पढाउन लागेको बताए । तर, अशोकले पढाइमा बढी ध्यान दिन आवश्यक रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *