Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जातिय विभेदकै कारण यातना भोगिकि दलित महिलाकाे यो कस्तो पीडा? – Rabin's Blog
Friday, March 29, 2024

जातिय विभेदकै कारण यातना भोगिकि दलित महिलाकाे यो कस्तो पीडा?

बर्दिबास : छुवाछुत र जातिय विभेदमा यातना भोगेकी दलित समुदायकी बुद्धिमाया विश्वकर्मा र उनी छोरीले न्याय पाइन् । असारर २४ गते जिल्ला अदालत महोत्तरीले उनीहरुको पक्षमा फैसला गर्याे। पीडकलाई जेल सजाय सुनाइयो । साथै १० हजार जरिवानासहित पीडितलाई ५० हजार क्षतिपुर्ति दिनु पर्ने फैसला अदालतले गर्याे ।तर, छुवाछुत र जातिय विभेदविरुद्धमा अदालतले दिलाएको न्याय समाजले पीडितलाई ‘निल्नु न ओक्लनु’ को वातावरण बनाइदिएको पीडित बताउँछन् ।

अदालतले पीडकलाई जेल हाल्नेसम्मको कठोर सजाय सुनाएपछि ‘ तैले मुद्दा हालेर जेल पठाइस्’ भन्दै पीडितलाई समाजले दवाव बढायो । छुवाछुतपछिको यातनाले प्रताडित बुद्धिमायाले मानसिक तनाबले विष सेवन गरेर आत्महत्याकी प्रयास गरेकी छन् ।

‘अदालतले हामीलाई न्याय दियो,’पानी छोएको निहुँमा यातना भेगेकी बुद्धिमायाकी छोरी मनिषाले भनिन्,‘तर, अदालतको फैसला समाजले स्वीकार गर्न मानेको छैन । हाम्रो पक्षमा फैसला भयो । कुट्नेहरु जेल जाने भए । त्यसैले हामीमाथि छिमेकीहरु लगाएर पीडकले झन् झ्न दवाव दिइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *