Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
काठमाडौ उपत्यका जति नै जनसंख्या ४० लाख भएको सानो देशले फुटबलमा बिश्वका ठुला देशलाई चुनौती दिएर फर्कियो ! जुन देशको फुटबल खरानीबाट उठेकाे थियो ! – Rabin's Blog
Wednesday, April 24, 2024

काठमाडौ उपत्यका जति नै जनसंख्या ४० लाख भएको सानो देशले फुटबलमा बिश्वका ठुला देशलाई चुनौती दिएर फर्कियो ! जुन देशको फुटबल खरानीबाट उठेकाे थियो !

काठमाडाैं उपत्यका जति नै जनसंख्या (४० लाख) भएको र नारायणी पूर्वकाे नेपाल जति क्षेत्रफलमा फैलिएकाे देश क्रोएशियाले विश्वकपमा अपेक्षा भन्दा कयौं गुणा ठूलो सफलता हात पार्‍यो।

अहिले सबैले सोधिरहेका छन् उनीहरुले यस्तो कसरी गरे? ४० लाख मात्रै जनसंख्या भएको मुलुक क्रोएशियाले नियमित सफलता हात पार्न निकै संघर्ष गरेको छ। जुन शब्दमा वर्णन गर्न पनि गाह्रो छ। क्रोएशियन फुटबल एशोसियसन युवा विकास कार्यक्रमका पूर्वप्रमुख रोमियो जोज्याक पनि स्वतन्त्र भएपछि ६ चोटी छनोट खेल्दा कसरी पाँच चोटी विश्वकप खेलियो र १९९८ मा सेमिफाइनलमा पुगियो वर्णन गर्न सक्दैनन्।

‘यो वर्णन गर्न सकिदैँन्,’ उनी थप्छन्, ‘यदि हामी हाम्रो संघर्षको कथालाई बोत्तलमा राखेर बेच्न सक्थ्यौ भने त्यो विश्वमा सर्वाधिक बेचिने बोत्तल हुने थियो भन्नेमा कुनै शंका छैन्।’

स्वतन्त्र भएपछि १९९८ मा पहिलो ठूलो उपलब्धि हात पारेपछि क्रोएशियाली खेलाडी

क्रोएशियाको अहिलेको सफलताको बिउ तीन दशकपहिले रोपिएको हो। जतिबेला पुरानो युगोस्लोभियाको एकेडेमीमा क्रोएशियाको पहिलो स्वर्णिम पुस्ताको पदार्पण भएको थियो। १९८७ मा उनीहरुले चिलीमा भएको विश्व यू–२० च्याम्पियन्ससिपको उपाधि जितेका थिए। त्यो युगोस्लोभियाबाट नछुट्टिँदाकै कुरा हो। विश्व यू–२० च्याम्पियन्ससिपमा चिली, ब्राजिल र पश्चिम जर्मनीजस्ता ठूला राष्ट्रलाई पराजित गरेपछि युगोस्लोभियाको उक्त टोलीलाई विश्वकै उत्कृष्ट टोलीको संज्ञा दिइएको थियो।

सन् ९० दशकको सुरूवातमा युगोस्लाभ युद्धले क्रोएशियालाई अलग त बनायो तर त्यसबेलाको युगोस्लोभियाको विश्वकै उत्कृष्ट युवा टोलीलाई खरानी बनाइदियाे। देश विभाजनसँगै फुटबल टोली तितरवितर भयाे। खेलाडीहरू दुई देशमा विभाजित भए। जो क्रोएशियातिर थिएउनीहरूले मेहनतलार्इ निरन्तरता दिए।

सोही पुस्ताका रोबिर्टो जर्नी, जाभोनिमिर बोबन, डाभोर सुकर, इगोर स्टिमिक र रोबिर्ट पोरोसिन्कीले रातो र सेतो चर्तुभुज युक्त जर्सी(क्रोएशियाको जर्सी) ले अभुतपूर्व प्रदर्शन गर्दै गए र १९९८ को विश्वकपमा टोलीलाई तेस्रो स्थानसम्म पुर्याए।

स्वतन्त्रताको युद्ध अन्त्य भएको तीन वर्षपछि हात पारेको उक्त सफलतालाई क्रोएशियनहरु अाफ्नै रगतकाे शुद्ध, मिसावटरहित खेलाडीबाट प्राप्त सफलता भन्दै गर्व गर्छन्।

छुटिने वित्तिकै क्रोएशियामा कुनै पनि एकेडेमी सिस्टम थिएन्। भौतिक संरचनाहरु खराब अवस्थामा थिए। युवा खेलाडी विकास लागि कुनै योजना कार्यक्रम थिएनन्। प्रमुख प्रशिक्षकहरु साधारण थिए। केबल माथिल्लो श्रेणीको खेल खेलेकाहरुले प्रशिक्षकका रुपमा फुटबल संघमा काम गर्थे।

डिनामो जाग्रिब एकेडेमी भने त्यसको अपवाद थियो। त्यो क्रोएशियाको धनीमध्येको एक क्लब थियो। जसले लुका मोडरिच, डेजन लोभरिन, सिमे भर्साल्काे, मारियो मोन्डजुकिक र माटियो कोभाकिकजस्ता खेलाडीहरु उत्पादन गर्यो। यद्यपी एकेडेमीको पृष्ठभूमि कुलिनतन्त्रबाट भएकाले धेरैले उनीहरुमाथि झट्टै विश्वास गर्दैन थिए।

क्रोएशियनको आनुवंशिक पुस्तान्तरण, खेलप्रति युवामा देखिएको लगाव र १९९८ को पुस्ताले उत्प्रेरित पारेपछि सफलताका मञ्चहरु मिल्न थाले। स्कटल्याण्डका पूर्व प्रशिक्षक गोर्डन स्ट्राकचेनले गतवर्ष भनेका थिए, ‘आधुनिक फुटबलमा सफलता हात पार्नेमा स्कटल्याण्ड निकै सुस्त हुनसक्छ तर क्रोएशियाका मानिसहरु निकै अगाडि छन्। अर्को संयोग के छ भने क्रोएशियामा बास्केटबल र वाटरपोलो खेल लोकप्रिय छ।’

तर यी सबै ब्याख्याहरु अपर्याप्त छन्। २०१३ देखि २०१७ सम्म क्रोएशियन फुटबलको विकासका लागि युवा विकास प्रमुख भएर काम गर्दै विश्वकै उत्कृष्ट टोली तयार पारेका रोमियो जोज्यकपनि सफलताको यही कारण हो भनेर खुट्याउन सक्दैनन्।

उनी भन्छन्, ‘सायद यो वंशांनुक हुनसक्छ, देशका लागि खेल्नुको गर्वको परिणाम हुनसक्छ। अथवा दैवी क्षमता।’ तथ्यमा क्रोएशिया एक खेलमा चमत्कारको अर्को नाम हो। जसले सारा विश्वलाई अचम्मित तुल्याइरहेको छ।

साभर नेपाल खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *