Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
खेलाडी र प्रशिक्षकका आँशु पुछ्दिँदै रोईन क्रोएसियाकी राष्ट्रपति कोलिन्दा – Rabin's Blog
Friday, May 14, 2021

खेलाडी र प्रशिक्षकका आँशु पुछ्दिँदै रोईन क्रोएसियाकी राष्ट्रपति कोलिन्दा

काठमाडाैं । क्रोएसियाका कप्तान लुका मोड्रिच विश्वकप २०१८ को सर्वाेत्कृष्ट खेलाडी घाेषित भए । उनले गोल्डेन बल अवार्ड जित्दाकाे क्षण खुसी र भावनाले माहाैल अर्कै बन्याे । त्यही बेला झमझम पानी परेकाे थियाे । क्राेएसियकी राष्ट्रपति काेलिन्दा ग्राबर किटाराेभिकले लुकालार्इ अँगालाे मारेर भावुक भइन् ।

राष्ट्रपति काेलिन्दा खुसी र भावनाले राेएकी थिइन् । माेड्रिच पनि सुनकाे बल उचाल्दा निकै भावुक थिए । एकातिर फाइनल उपाधि जित्न नसक्दाकाे पीडा, अर्काेतिर उपविजेता र सर्वाेत्कृष्ट खेलाडी घाेषित हुँदाकाे खुसीले उनलार्इ भावुक बनाएकाे थियाे । राष्ट्रपति काेलिन्दाले अाफ्नाे राष्ट्रिय टिमका प्रशिक्षक डालिकलार्इ समेत पानीमा लछप्पै भिज्दै अँगालाे मारिन्, दुवै भावुक मुद्रामा थिए ।

क्राेएसियाले राम्राे खेलेर विश्वकै दर्शककाे भावना पाएकाे छ भने विश्वकपकाे उपाधि उचाल्न चुक्दा धेरैकाे सहानुभूति पनि पाएकाे छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका लुकाले विश्वकपकाे सर्वोत्कृष्ट खेलाडीकाे उपाधि पाउँदा पनि राष्ट्रपति र प्रशिक्षक उत्तीकै खुसी देखिए । लुकाकै उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो ।

विश्वकप २०१८ मा मिडफिल्डर लुकाले क्रोएसियाका लागि दुई गोल गरे । र, दुई गोलका लागि अवसर सिर्जना गरे ।

विश्वकप २०१८ सकिएकाे छ । यसकाे उपाधि फ्रान्सले जित्याे भने गोल्डेन बुट इंग्ल्यान्डका कप्तान एवं स्टाइकर ह्यारी केनले जितेका छन् । साथै युवा खेलाडीको उपाधि फ्रान्सका कालियन एम्बाप्पेले जिते ।

उनले प्रतियोगितामा फ्रान्सका लागि ४ गोल गरेका थिए । १९ वर्षीय एम्बाप्पेले फाइनलमा पनि गोल गरे। विश्वकपको उत्कृष्ट गोलकिपरले पाउने गोल्डेन गोल्भ्स भने बेल्जियमका गोल किपर थिबाउट कोर्टोइसले हात पारे । बेल्जियम विश्वकपकाे तेस्राे स्थानमा रह्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *