Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
संसदमा उग्र झगडाः टेवुल ठोक्दै भनाभन चलेपछि माइक काटियो (भिडियो) – Rabin's Blog
Thursday, April 25, 2024

संसदमा उग्र झगडाः टेवुल ठोक्दै भनाभन चलेपछि माइक काटियो (भिडियो)

काठमाडौं । आजको संसद बैठकमा सत्ता पक्षा र प्रमुख प्रतिपक्षका सांसदबीच घम्साघम्सी चल्यो । दुई तर्फका सांसदले टेवल र माइक ठोकाठोक गर्दै चर्काचर्की गरेपछि बैठक दुई पटक अवरूद्ध बन्यो र अर्को दिनका लागि बैठक सारियो । डा. गोविन्द केसीको अनसनको विषयलाई आधार बनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको हो । बैठक चलाउनका लागि सभामुख कृष्णबहादुर महराले कैयौं प्रयास गरे तर कांग्रेस सांसदले दिएनन् । त्यही क्रममा सत्ता पक्षका सांसद पनि काउण्टरमा उत्रिएपछि सभामुखलाई बैठक संचालन गर्न हम्मे पर्यो ।

राष्ट्रिय गान सकेर बैठक सुरू गर्नै लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले टेवुल ठोक्दै सिटबाट उठेर अवरोथ सुरू गरेका हुन् ।जहाज चार्टर गरेर जम्बो टोली लिएर विदेश घुम्न जाने ओली सरकारले गोविन्द केसी मृत्युसँग जुधिरहँदा एक थान हेलिकप्टर लिएर अनसन स्थल जुम्लामा जान किन सक्दैन ? भन्दै कांग्रेस सांसदले सरकारको चर्को आलोचना गरे । कांग्रेस सांसद बोल्दै गर्दा नेकपाका सांसद उठेर माइक ठटाउँदै प्रतिवाद गरिरहे ।

दुबै तर्फका सांसदले टेवुल ठटाउँदै निकै बेर दोहोरी खेलिरहे । आपसी बाजाबाजमा उत्रिएपछि सांसदका माइक काट्नु परेको थियो भने सभामुखले दर्जनौं पटक बैठक सुचारू गर्न आग्रह गर्दा पनि उनको दाल गलेन । हेर्नुस् आजको संसदको हंगामा समेटिएको सम्पादित भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *