Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
काठमाडौँमा श्रीमान-श्रीमतीको अनौठो ठगि धन्दा, कतै तपाईं पनि त पर्नुभएन? – Rabin's Blog
Tuesday, April 23, 2024

काठमाडौँमा श्रीमान-श्रीमतीको अनौठो ठगि धन्दा, कतै तपाईं पनि त पर्नुभएन?

काठमाडौं: काठमाडौँमा एक जना दम्पतीले अनौठो ठगि धन्दा चलाएको खुलेको छ । उनीहरुको ठगि धन्दालाई नत कानुनले तह लगाउन सकेको छ नत समाजले नै ।
उनीहरुले यस्तो धन्दा अहिले मात्र हैन करिब १० बर्ष पहिलेदेखि नै चलाउँदै आएको पनि खुलासा भएको छ । ठगि धन्दा सन्चालन गर्ने जोडीले एउटा घरलाई एकातिर फाइनान्समा धितो राखेर ऋण लिएका छन् भने अर्को तिर बिक्रिमा छ भन्दै पटक-पटक अलग-अलग व्यक्तिसँग बैना लिएर ठगि गर्दै गरेका छन् ।

काठमाडौँ महानगरपालिका १६ स्थित १९४३३ नम्बरको घर उक्त ठगि धन्दाको मूल खानी बनेको छ । काठमाडौँमा यस्तो ठगि धन्दा चलाउने दम्पती हुन् प्रेम कुमारी खड्गी र इश्वर खड्गी । उनीहरुले एकातिर आफ्नो घरलाई २०६४ सालमै काठमाडौँको दरबार मार्गमा रहेको युनाइटेड फाइनान्समा धितो राखेर पैसा लिए भने अर्कातिर त्यही घर बिक्रीमा छ भन्दै दर्जनौ व्यक्तिहरुसँग बैना पनि उठाउन थाले ।

उनीहरुको उक्त ठगि धन्दाको फन्दामा परेका केही पीडितले अदालतमा मुद्दा पनि दर्ता गरे र अदालतले पीडितका पक्षमा निर्णय पनि गर्‍यो । तर समस्या के आइलाग्यो भने जुन घर विक्रीमा भनेर बैना लिएको थियो, उक्त घर युनाइटेड फाइनान्समा धितो राखिएको हुनाले पीडितले न्याय पाएर पनि कार्वान्वयन हुन सकेन ।

उक्त घरलाई काठमाडौँ जिल्ला अदालतबाट २ पटक रोक्का गरिएको देखिन्छ । अदालतको फैशला कार्यन्वयन हुन धितो राखिएको घरलाई फाइनान्सले लिलाम गर्नुपर्ने हुन्छ तर फाइनान्सलाई निरन्तर ब्याज आइरहेको स्रोतले बतायो । जसकारण फाइनान्सले लिलाम नगर्दा पीडितले झन् पिडा खेप्नुपरेको छ ।

प्रेम कुमारी खड्गी काठमाडौँकै राम बहादुर खड्गीकी छोरी हुन् । उनले ठगि धन्दाको सन्चालन गरेकोबारे पीडितलाई जानकारी भएपछि उनका बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो ।

प्रेम कुमारी खड्गीले काठमाडौँकै सर्मिला शाहीसँग २२ लाख रुपैया लिएर हालसम्म पनि तिरेकी छेनन् । शाहीले खड्की विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेर अदालतले साँवा ब्याजसहित ३० लाख ३२ हजार तिर्नुपर्ने फैशला गरेपनि तर कार्यन्वयन हुन नसकेकाे दुखेसाे संचारकेन्द्रसँग पोखिन ।

त्यति मात्रै हैन प्रेम कुमारीले त्यही घरको बैना लिएर काठमाडौँकै श्याम श्रेष्ठको ३६ लाख ठगि गरेकी छन् । श्रेष्ठले हालसम्म घर पनि पाउन सकेका छैनन् भने बैना पनि फिर्ता भएको छैन ।

यस्तै ललितपुरका राजेश अग्रवाल र कालिमाटीकी नानिमयाँ मानन्धर पनि प्रेम कुमारीको] ठगिधन्दाको सिकार भएको बताइएको छ । उता बिजय शान्ती सहकारी सस्थाको पनि २५ लाख ऋण फिर्ता नगरी ठगि गरेकाले अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको सहकारीका उपाध्यक्ष पुर्ण बज्राचार्यले जानकारी दिएका छन् ।

अहिले पीडितहरु आफुहरुलाई जस्तै अरु कसैलाई पनि प्रेम कुमारीले ठगि गर्न नसकुन भन्ने कामना गर्न थालेका छन् । यसरी एकतातिर घर फाइनान्समा धितो राखेर अर्कोतिर विक्रीमा छ भन्दै बैना लिने गरेको खुलेपछि हामीले युनाइटेड फाइनान्समा बुझ्न खोज्दा आफ्नो तर्फबाट कुनै पनि सूचना दिन नमिल्ने युनाइटेडले जनाएको छ ।

युनाइटेड फाइनान्सले अदालत वा प्रहरीको चिट्ठी बिना आफुले उनको घरसम्बन्धी विवरण मिडियालाई उपलब्ध गराउन नमिल्ने भन्दै सूचना लुकाउने प्रयास गरेको छ ।

उक्त ठगि धन्दाकी मुख्य पात्र प्रेम कुमारी खड्गीसँग सम्पर्क गर्दा उनले आफुले त्यसरी घर बिक्रीमा छ भन्दै बैना लिएको स्वीकार गरेकी छन् । तर उनले आफुहरु मिलेर घर जग्गाको कारोबारमा लागेको र सहकार्यको क्रममा त्यस्तो गल्ती हुन गएको बताएकी छन् ।

उनलेले आफुले लिएको सबै बैना पैसा फिर्ता गर्ने बताइन् । उनले संचारकेन्द्रसँग कुरा गर्दै भनिन- “मैले कसैको पैसा खाएर मर्दिन, मर्नु नै परेपनि सबैको पैसा फिर्ता गर्ने छु । उहाँहरुले पनि दुखले कमाएको पैसा हो । मैले जस्ताको त्यस्तै फिर्ता गर्ने छु, ब्यबहार मिलाउदै छु ।”

यसरी काठमाडौँमा फिल्मी शैलीको ठगि धन्दा चल्दा राज्यको सम्बन्धित निकायले उनलाई कानुनी कठघरामा उभ्याएर पीडितलाई न्याय दिने प्रयास गरेपनि त्यो सफल हुनसकेको छैन । तर यसप्रकारका घटनाहरुको बारेमा संबन्धित निकायले अझै गम्भीर भएर सोच्न जरुरी छ । पीडितहरुका अनुसार उनले दर्जनौं व्यक्तिलाई ठगि गरेको बुझिएको छ।

हामी यो ठगि काण्डसंग जोडिएका युनाइटेड फाइनान्स, एक अर्को सहकारी र अन्य सम्बन्धित व्यक्ति तथा सस्थासँगको मिलोमतो सम्बन्धसहितको सामाग्री अर्को अंकमा प्रकाशित गर्ने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *