Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
४५ लाख क्रोएसियालीमा लाखौँ लाख सडकमा निस्कीएर उपविजेता टिमको गरे भब्य स्वागत (भिडियो) – Rabin's Blog
Friday, March 29, 2024

४५ लाख क्रोएसियालीमा लाखौँ लाख सडकमा निस्कीएर उपविजेता टिमको गरे भब्य स्वागत (भिडियो)

काठमाडाैं । विश्वकप फुटबल २०१८ को उपविजेता क्राेएसिया टिमलाई स्वदेश फर्कने क्रममा भव्य स्वागत गरिएकाे छ । राजधानी शहर जाग्रिबमा लाखौं लाख जनता सडकमा उत्रिएर टिमकाे भव्य स्वागत गरेका हुन् । उनीहरूले टिमका सबै सदस्यलाई सम्मानस्वरूप नगर परिक्रममा गराएका थिए ।जम्मा ४५ लाख मात्र जनसंख्या रहेको देश क्राेएसियामा करिब तीन लाख जनता फुटबल टिमकाे स्वागत गर्न सडकमा उत्रिएकाे समाचार एजेन्सीहरूले जनाएका छन् ।

राष्ट्रिय झन्डा बोकेर सडकमा उत्रिएका जनताहरूले ‘च्याम्पियन, च्याम्पियन’को नारा लगाएका थिए । सबैजसाे जनता टिमकाे जर्सी नै लगाएर अाएका थिए ।आइतबार राति भएको फाइनल खेलमा क्रोएशिया फ्रान्स सँग ४–२ गाेलले पराजित भई उपविजेता बनेकाे हाे। फाइनल उपाधि जित्ने लक्ष्य रहे पनि त्याे हात पार्न नसक्दा टिम दुःखी थियाे तर पनि क्राेसियाली राष्ट्रपति, सरकार लगायत अाम जनताले उपविजेता बनेकाे क्षणलाई समेत उत्सवकै रूपमा मनाएका छन् ।

क्राेएसिया ५ पटक विश्वकमा सहभागी भए पनि पहिलाेपटक फाइनल पुगेकाे थियाे । टिमका कप्तान लुका मोडरिचले प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल अवार्ड हात पारे।यसअघि सन् १९९८ मा भएकाे विश्वकपको सेमिफाइनलमा पनि क्राेसिया फ्रान्ससँग नै पराजित भएको र तेस्राे स्थान हात पारेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *