Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
हाम्रा देशका नेता भनौदाहरु ऋषि धमलाको अन्तर्वार्तामै हात हालाहाल (भिडियो) – Rabin's Blog
Thursday, March 28, 2024

हाम्रा देशका नेता भनौदाहरु ऋषि धमलाको अन्तर्वार्तामै हात हालाहाल (भिडियो)

काठमाडौँ । टिभि अन्तरवार्तामा आपसी कलहले चर्को रूप लिएपछि फरक धारका दुई सांसदबीच चर्को मुखामुख मात्रै भएन, उनीहरू पाखुरा सुर्किन समेत पछि परेनन् । पछिल्ला दिनमा सत्ता र प्रमुख प्रतिपक्षबीच सडक, सदन र सञ्चार माध्यममा चर्काचर्की चलेको छ ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दैनिकजसो सदन अवरूद्ध गरिरहेको छ भने सत्ता पक्षका सांसदहरू त्यसको प्रतिवादमा संसदमै कुर्लिन पछि परेका छैनन् ।

चर्चित पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् नामको टिभी अन्तरवार्तामा नेपाली कांग्रेस र नेकपाका सांसदले उग्र रूप देखाएका छन् । सत्ता पक्षका सांसद सोम प्रसाद पाण्डे र प्रतिपक्षी नेपाली कांग्रेसका सांसद महेन्द्र यादव निकै लामो चर्काचर्की चलेको छ ।

भिडियोः

दुई सांसद मुखामुख गरेर झगडामा उत्रिएपछि धमलालाई कार्यक्रम चलाउनै हम्मे पर्यो । अतिथिलाई सकेसम्म पेल्ने र आफू हावि हुने धमला यो अन्तरवार्तामा छायाँमा परेका छन् । एउटै सोफामा झगडियाहरूलाई राखेर बहस गराउँदा अप्रय स्थिति पैदा हुन सक्ने यो भिडियोबाट देखिएको भन्दै धमलालाई सुझाव पनि आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *