Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रोनाल्डोलाई यस्तो आरोप लागेपछि घरसहित सम्पूर्ण सम्पत्ति बेच्दै ! – Rabin's Blog
Friday, May 14, 2021

रोनाल्डोलाई यस्तो आरोप लागेपछि घरसहित सम्पूर्ण सम्पत्ति बेच्दै !

काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् । केही दिन अघि रियल मड्रिडबाट इटालिएन क्लब युभेन्टसमा अनुबन्ध भएका स्टार स्ट्राकर रोनाल्डोले स्पेनमा रहेको घरसहित सबै सम्पत्ति बिक्री गर्ने भएका हुन् ।

आफूलाई कर छलीको आरोपमा दुःख दिएकाले स्पेनसँग जोडिएका कुनै पनि चिज आफूसँग नराख्ने मनसायमा रहेका पोर्चुगलको पत्रिका एल कोरेइओ डो मान्हाले लेखेको छ ।

३३ वर्षका रोनाल्डोले ९ वर्षअघि अर्थात सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आउँदा पनि यस्तै गरेका थिए । उनले त्यो बेला म्यानचेस्टरमा रहेको घर २० मिलियन युरोमा बेचेका थिए, जुन उनले ४.५ मिलियन युरोमा किनेका थिए ।

रोनाल्डोले आफूसँग रहेका २२ कार पनि बेच्न चाहेको खबरमा उल्लेख छ । रोनाल्डोले इटालीमा नयाँ घर किनिसकेका छन् । रोनाल्डोले स्पेनमा रहेको घर बेच्ने योजना बनाएको बताइए पनि उनले स्पेनमा बनाउँदै गरेको होटलका बारेमा भने अहिले नै केही खुलेको छैन । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *