Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
प्रधानमन्त्री ओलीदेखि अशोक दर्जीलाई समेत छामेर चिनेका अविरलले प्रचण्डलाई किन चिनेनन् ? – Rabin's Blog
Thursday, April 25, 2024

प्रधानमन्त्री ओलीदेखि अशोक दर्जीलाई समेत छामेर चिनेका अविरलले प्रचण्डलाई किन चिनेनन् ?

काठमाडौ – कपिलबस्तुका अविरल पोखरेल यति बेला मिडियामा निकै चर्चित भएका बालक हुन् । बुधबारको सिधा कुरा जनतासंग भागमा रवि लामिछानेसंग अन्तर्वाता दिएका अविरल पोखरेल आफूसंग भएको अदभूत कला र क्षमताका कारण उनी चर्चामा आएका हुन् ।

कपिलबस्तुको होराइजन बोर्डिङस्कूलमा अध्ययन गरिरहेका बालक अविरल आँखा नहरेरै रंग चिन्न सक्ने , लोकप्रिय व्यक्तिहरुको फोटो छामेर नै चिन्न सक्ने, पढ्न सक्ने , सुँघेर नै वस्तु चिन्ने जस्ता असाधारण क्षमता भएकै कारण उनको चर्चा देश विदेशमा चुलिएको छ ।

अविरलले आँखा छोपेर कपिमा लेखेका कुराहरु छामेकै भरमा पढ्न सक्छन् । त्यस्तै उनले आँखामा पट्टि बाँधेर नै कसैको फोटो देखाएमा छामेर, सुँगेर ति ब्यक्तिले लगाएको लुगाको रंग र व्यक्तिको नाम भनिदिने अदभूत कलाले धेरैलाई अचम्मित तुल्याएको छ ।

अविरल संगै काठमाण्डौ आएका उनका पिता कमलप्रसाद पोखरेल आफ्नो छोराको क्षमतालाई धेरैले शंका गरेको भन्दै दुख मनाउ गर्छन् । धेरैले अविरलले छल गरेर जादू गरेको भन्ने आरोप लागेको भन्दै पिता कमलले आफ्नो छोराको सेन्स नै निकै संवेदनशिल भएको र उनको मिहेनतले यस्तो क्षमता आएको बताउछन् । हेर्नुहोस् अविरलको कला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *