Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
मलेसियामा ज्याला बढ्ने, मासिक १५ सय रिंगिट प्रस्ताव – Rabin's Blog
Friday, April 19, 2024

मलेसियामा ज्याला बढ्ने, मासिक १५ सय रिंगिट प्रस्ताव

काठमाडौं। मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ। उसले कामदारहरूको पारिश्रमिक वृद्धिसम्बन्धी ‘नीतिगत प्रस्ताव’ छिट्टै नै छलफलका लागि संसदमा लग्ने भएको छ। मानव संशाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पूर्ण कामदारको मासिक न्यूनतम पारिश्रमिक १५ सय रिंगिट पुर्‍याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन्।

गत मे ९ को आमनिर्वाचन हुनु अगावै ‘पकातान हारापन’ गठबन्धनले नयाँ सरकार गठन भएपछि साबिकको पारिश्रमिकमा वृद्धि गरी मासिक पारिश्रमिक १५ सय रिंगिट पुर्‍याइने चुनावी प्रतिबद्धतापत्रमा उल्लेख गरेको थियो ।

हाल कामदारको न्यूनतम पारिश्रमिक प्रायद्वीप क्षेत्रमा (पेनिन्सुलार मलेसिया) मा मासिक १ हजार र पूर्वी मलेसियामा ९ सय रिंगिट छ । ‘पारिश्रमिक वृद्धिसम्बन्धी उक्त प्रस्ताव निकट भविष्यमै संसदमा पेस गरिनेछ । कुनै बाधा अडचन आएन भने आगामी एक/दुई महिनामै कार्यान्वयन हुनेछ,’ मन्त्री कुलासेगरनले बिहीबार संसदको तल्लो सदनमा भने ।

पारिश्रमिक वृद्धि गरेमा स्थानीय कामदार र विदेशी कामदार कसैमाथि पनि मानव अधिकारको भावनाका सन्दर्भमा पनि भेदभाव नहुने विश्वास उनले व्यक्त गरे । मलेसियाली सरकारले राष्ट्रिय पारिश्रमिक परामर्श परिषद्ले यसअघि तय गरेको न्यूनतम पारिश्रमिकबारे यसबारे अध्ययन भइरहेको जनाइएको छ ।

मलेसियाले सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्यूनतम पारिश्रमिकसम्बन्धी नीति घोषणा गरेको थियो । उक्त निर्णयलाई तत्कालीन प्रधानमन्त्री नाजिव रजाकले ‘एतिहासिक’ भनेका थिए ।

मलेसियाले गत २०१२ सेप्टेम्बर ६ मा उक्त नीति कार्यान्वयनमा ल्याउन यससम्बन्धी निर्देशिकासमेत जारी गरेको थियो । तत्कालीन निर्णयअनुसार प्रायद्वीप क्षेत्रमा मासिक ९ सय रिंगिट र पूर्वी मलेसियामा रहेकाहरूका लागि मासिक ८ सय रिंगिट तोकिएको थियो ।

पहिलोपटक पारिश्रमिक नीति घोषणा गरिएको झन्डै चार वर्षपछि त्यसमा थप परिमार्जन गरी मासिक १ सय रिंगिट पारिश्रमिक वृद्धि गरिएको थियो । यहाँ बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ ।कान्तिपुर दैनिकमा खबर छ ।

कतिपय रोजगारदाता भने सरकारले ल्याउन लागेको नयाँ नीतिप्रति सन्तुष्ट छैनन् । उनीहरूले नयाँ नीति तत्काल लागू नगर्न सरकारलाई आग्रह गर्दै आएका छन् । मलेसियाले हाल वृद्धि गर्न लागेको निर्णय पारित भई पूर्ण रूपमा लागू भएमा मलेसियामा निजी क्षेत्रमा कार्यरत चार लाखभन्दा बढी नेपाली कामदारसहित लाखौं विदेशी कामदारहरू र अन्य लाखौं स्थानीय कामदारहरू लाभान्वित हुनेछन् । सरोकारवालाहरूले मलेसिया सरकारले कामदारको पारिश्रमिक बढाउन गरिरहेको तयारीबारे सकारात्मक भएको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *