Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
जुम्लामा बितण्डा मच्चाएर रिहसंल गर्यो कांग्रेसले : कांग्रेस केसीको जीवन रक्षा होइन उनको मृत्यू चाहन्छ – Rabin's Blog
Saturday, April 20, 2024

जुम्लामा बितण्डा मच्चाएर रिहसंल गर्यो कांग्रेसले : कांग्रेस केसीको जीवन रक्षा होइन उनको मृत्यू चाहन्छ

काठमाडौँ – जुम्लामा अनसन बसेका डा गोविन्द केसीलाई सरकाले बिहीबार काठमाडौ ल्याएको छ । काठमाडौँ ल्याउने क्रममा जुम्ला अस्पतालमा केही अवरोध गर्ने प्रयास भयो । केसीलाई ल्याउनका लागि प्रहरीले समेत सामन्य बल प्रयोग गर्नुपर्ने अवस्था सृजना भयो ।

केसीका कति माग जायज छन् कति छैनन् त्यो अलग पाटो हो।पछिल्लो अवस्थामा यो प्राथमिकता भित्रको बिषय थिएन् । प्राथकिता थियो केसीको जीवन रक्षा । उनको उपचार जरुरी थियो । उनको अवस्थालाई ख्याल गरेर आईसीयुमा भर्ना गर्नुको विकल्प थिएन । त्यसका लागि उनलाई काठमाडौ ल्याउन अनिवार्य थियो । तर केसीको जीवन रक्षा गर्न खोज्दा जुम्लामा किन अवरोध गरियो यसको पछाडिको रहस्य के हो भन्ने कुरा गहिरो प्रश्न बनेको छ। जुम्लामा गरिएको अवरोधका पछाडि अनेक खेल छन् भन्ने कुरामा कुनै द्धिविधा छैन् ।

अहिले सरकारविरुद्ध नियोजितरुपमा चौतर्फी आक्रमण भएको छ । जनताबाट टाढिएको प्रमुख प्रतिपक्ष कांग्रेस सरकारविरुद्ध अनेक शीर्षक खोजिरहेको छ । कुनै एजेण्डा नपाएको कांग्रेसका लागि केसीको अनसनको मुद्धा उचालेर सरकारविरुद्ध प्रतिशोध लिने मुडमा देखिन्छ ।

सरकारले केसीसंग वार्ताका लागि वार्ता समिति गठन गरेको छ । यसको सिधा अर्थ हो सरकार यो समस्या समाधान गर्न चाहन्छ । तर अर्को अर्थ पनि सिधा हो प्रतिपक्ष कांग्रेस यसको समस्या चर्काउन चाहन्छ ।

कांग्रेस गोविन्द केसीका माग तर्फ आकर्षित भएर आन्दोलनमा लागेको होईन। केसीले तत्कालीन कांग्रेस सभापति शुशिल कोइराला प्रधाानमन्त्री भएको बेला तीनपटक अनसन बसे। अहिलेका प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला चारपटक अनसन बसेका थियो । तर केसीका माग पुरा भएनन् । आफुले पुरा नगरेका माग अहिले प्रतिपक्षमा पुगेर पुरा गर्न जोड दिईरहेको छ ।

सबै घटना क्रमको विश्लेषण गर्दा कांग्रेस केसीका माग होइन त्यसमा टेकेर सरकारविरुद्ध प्रतिशोध लिन चाहन्छ । कांग्रेस केसीको जीवन रक्षा होइन उनको मृत्यू चाहन्छ । किन केसीको मृत्यूबाट कांग्रेसको राजनीति जाग्ने आस उसमा पलाएको छ । केसीको मृत्यू माथि चढेर लासको राजनीतिको सपनामा डुबेको छ कांग्रेस। त्यसैको रिहसंल थियो जुम्ला घटना । जुम्लामा केसीलाई राख्दा कांग्रेसको सपना जाग्थ्यो ।

त्यसैले केसीलाई जुम्लामा मृत्यू गराएर आफ्नो राजनीति बचाउँन चाहन्थ्यो कांग्रेस । यसकारण जुम्ला घटनाको पछाडि थियो कांग्रेस भन्ने कुरा घटना क्रमले पुष्टि गर्दै आएको छ । श्रोत चक्रपथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *