Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
साउदी बाट आयो सारा नेपाली रुहाउने खबर ! हे भगवान हाम्रै दाजुभाइ लाई किन यस्तो ? – Rabin's Blog
Saturday, April 20, 2024

साउदी बाट आयो सारा नेपाली रुहाउने खबर ! हे भगवान हाम्रै दाजुभाइ लाई किन यस्तो ?

काठमाडौं, ४ साउन । साउदी अरबमा अलपत्र परेका नेपालीहरुले पांच दिन देखि खान समेत पाएका छैनन् । साउदीमा ३८ नेपाली गत सोमवार दिनदेखि भोकै र अलपत्र अवस्थामा छन् । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

उनीहरु क्याट्रिङको कामका लागि भन्दै काठमाडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमामार्फत साउदी पुगेका थिए। तर उनीहरुलाई कम्पनीले भने अनुसारको सुविधा नदिएपछि अलपत्र परेका छन् ।

साउदी पुगेयता नौ सय रियल मात्र पाएपछि नेपालीले एक दिन ड्युटी इन्कार गरेकाले कम्पनीले सडकमा निकालिदिए पछि बेखर्ची भएका छन् । खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की अलपत्र परेका हुन्।

यस्तै सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे ब्लोन, सूर्यबहादुर बम्जन, भोजपुरका सूर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेलधुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दीपक गुरुङ, नारायण गिरी र रामेछापका केशव खड्का अलपत्र परेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी विश्वकर्माले जानकारी दिइन् ।

क्याट्रिङको कामका लागि भन्दै काठमाडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा पठाइएका उनीहरुले काम गरेपनि तोकिएको समयमा तलब नपाएपछि सोमबार ड्युटी जान इन्कार गरेका थिए। तलब नदिएपछि एक दिन ड्युटी छुटाएकामा कम्पनीले कोठाबाट झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमा निकालिदिएको जालपाका शेषन श्रेष्ठले बताए। काम गरेबापतको तलब असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि उनीहरुले एक दिन काम अस्वीकार गरेका थिए। अलपत्र युवाले युवाको उद्धारको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *