एजेन्सी । भरपर्दा खेलाडी विलियन शिल्भाले प्रिमियर लिग क्लव चेल्सी छाड्दै स्पेनिस क्लव जाने इच्छा व्यक्त गरेका छन् ।
एन्टोनियो कोन्टेलाई बर्खास्त गरिएपछि नयाँ प्रशिक्षक माउरीजियो सारी चेल्सीमा आएका छन् । तरपनि उनले क्लवबाट विदा लिने इच्छा व्यक्त गरे । द सन पत्रिकाका अनुसार विलियन स्पेनिस क्लव बार्सिलोना जान चाहान्छन् ।
उनी त्यहाँ आफ्ना राष्ट्रिय टोलीका सहकर्मी फिलिपे कोटिन्होसँग मेस्सीको साथमा रहेर खेल्न चाहान्छन् । विलियनले कोन्टिन्होसँग बार्सामा आउने बारे विश्वकप अघि धेरैपटक छलफल गरेको बताइएको छ । उनको औपचारिक अभिव्यक्ति भने आइसकेको छैन ।