Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
गोबर ग्यासले लियो परिवारको नै ज्यान, तपी पानी सतर्क रहनुहोस – Rabin's Blog
Friday, March 29, 2024

गोबर ग्यासले लियो परिवारको नै ज्यान, तपी पानी सतर्क रहनुहोस

भारतको हरियाणाको कुरुक्षेत्रका गोबरग्यासको प्लान्टमा परेर एकै परिवारका ४ जनाको ज्यान गएको छ । स्थानीय बलदेव सिंहको परिवारका ४ जनाको ज्यान गएको हो । गोबर ग्यास लिक भएको आशंकामा प्लान्ट भित्र पसेका ४ जनाको ज्यान गएको हो ।

घरका एकजना सदस्यले देवेन्द्र गोबरग्यास कहाँबाट लिक भयो भन्दै खोज्न थालेका थिए । उनले भर्याङ लगाएर खाल्डोमा तल गए । तल जानासाथ उनी बेहोस भए । उनी बेहोस भएपछि उनलाई बचाउन भाइ रुपिन्द्र पसे । उनी पनि तल पुग्नासाथ बेहोस भएको प्रहरीले जानकारी दिएको छ ।

दुवै छोरा बेहोस देखेपछि पिता बलदेव बचाउन तल गएका थिए तर पिता बलदेव पनि बेहोस भएको परिवारका अन्य सदस्यले जानकारी दिएका छन् । तीनजना बेहोस भएपछि छिमेकमा बस्ने बलदेवका दाजुका छोरा जोगिन्द्र त्यहाँ पुगे ।

उनी पनि तीनजनालाई बचाउन तल गए उनी पनि बेहोस भए । यो सबै ५ मिनेटभित्रै भएको बताइएको छ । खाल्डोमा कार्बन मोनोअक्साइड र मिथेन ग्यास भरिएको हुन सक्छ । कार्बन मोनोअक्साइड अत्यन्त घातक ग्यास हो । यद्यपि मृत्यु कार्बन मोनोअक्साइडकै कारण भएको हो वा अन्य कारणले भन्ने पोष्टमार्टमपछि मात्र थाहा हुने बताइएको छ ।

२६ वर्षका देवेन्द्र १५ दिन पहिले मात्रै पिता बनेका थिए । सन्तान प्राप्तिको खुसीमा घरमा पूजा भएको थियो । पूरै परिवार खुसी थिए । तर, केही मिनेटमै यस्तो घटना भयो जसको कसैलाई आभाससम्म थिएन । सबै जना गोवरग्यास प्लान्टमा बेहोश भएपछि मिस्त्री परमजीत पनि साथहिरुसँग घटनास्थलमा पुगेका थिए ।

डोरी बाँधेर परमजीतलाई तल पठाइयो । उनी २ सिढी पनि तल नपुग्दै अचानक उनको सास रोकियो । उनी बेहास हुन लागेपछि माथि भएकाले उनलाई ताने । उनको भने ज्यान बच्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *