दुनियाँ बेग्लै छ, हैन भन्देउ न माया, घिन घिन बज्यो मादलु, मेरो स्टाइल यस्तै छ लगाएतका गीत गाएर चर्चामा रहेका गायक समिर आचार्यले नेपाली सांगेतिक दुनियामा फेरि अर्को एउटा धमाका सहित नयाँ गित बजार ल्याएका छन ।
केहि समय पहिला मलेसिया, कतार लगाएतका देशहरु को भ्रमणमा निस्किएका समिरले आफ्नो नयाँ गीतको सानो झलक सोहि ठाउँ बाट सार्बजनिक गरेका थिए । समिर आचार्यको आधिकारी फेसबुक पेज बाट सार्बजनिक गरिएको सो गीत सामाजिक संजालमा भाइरल नै भएको थियो भने दर्शक श्रोताबाट निकै राम्रो प्रसंशा पनि बटुलेका थिए ।
प्रतीक्षाको समय सकिन अब केहि दिन मात्र बाकि रहेको छ । यति बेला समिरको फेसबुक वाल भरि एउटै वाक्य दोहोरिरहेको छ, त्यो हो ”तिमि हिड्ने पिच गर्दिन्छु रोड” झट्ट हेर्दा अनि सुन्दा केहि अनौठो लागे पनि यो वाक्य उनको नयाँ गीतको मुख्य अंश नै मान्नु पर्छ ।
पछिल्लो समय नेपाली लोक फ्युजन संगै नेपाली र्यापर तथा संगीतकारको रुपमा नेपाली संगीत पारखीहरु को प्रसंशाको पात्र बनिरहेका राजेन्द्र भट्ट र सन्तोष कुमारको शब्द संगीतमा एउटा गीत तयार भयो, “तिमि हिड्ने पिच गर्दिन्छु रोड” ।
टिपिकल नेपाली शब्दहरुद्वारा सिंगारिएको यो गीतमा उनै लोकप्रिय गायक समिर आचार्य र नेपाल आइडल एक प्रतिस्पर्धी बिद्या मंजु तिवारीको अवाज रहेको छ भने इण्डियामा तहल्का मच्चाउने चर्चित डान्सर सुशान्त खत्री र नायिका आँचल शर्माको डान्स रहेको छ ।