Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै सेती नदि बाट आयो फेरी अर्को सबैलाई चकित बनाउने खबर , घटना रहस्यमय बन्दै – Rabin's Blog
Saturday, April 20, 2024

भर्खरै सेती नदि बाट आयो फेरी अर्को सबैलाई चकित बनाउने खबर , घटना रहस्यमय बन्दै

डोटी । रहसयमय घटनामा डोटीको आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमबहादुर बोहराकी श्रीमती धौली बोहरासहित दुई छोरा र एक छोरीले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ ।

साविक महादेवस्थानको वडा नम्बर ५ मा पर्ने देहीमाण्डौका स्थायी बासिन्दा बोहराका २८ वर्षिया श्रीमती धौली बोहरा, १२ वर्षिया छोरी राधिका बोहरा, ८ वर्षिया छोरा सुरेन्द्र बोहरा र ६ वर्षिया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको आदर्श गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण पछेराले बताए ।

६ वर्षका सुनिललाई माछा मार्दै गरेका एक व्यक्तिले बचाएका छन् भने अन्य तीनजनाको खोजीकार्य जारी छ । घटना साउन १ गते साँझ भएको भए पनि प्रहरीलाई ढिला गरी साउन ३ गते बेलुकी मात्र जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक लालबहादुर धामीले जानकारी दिए । वडा अध्यक्ष पछेराका अनुसार केही समयदेखि ती महिलाको मानसिक अवस्था ठिक थिएन ।

भारतमा काम गर्ने धौलीका श्रीमान् घर आएको १५ दिन मात्र भएको थियो । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान र बेपत्ताको खोजी कार्य जारी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा क्षेत्रमा पर्दछ ।

घटना स्थल पुग्न बोहराको घरदेखि ४ घण्टा पैदल हिँड्नुपर्छ । शनिबार बिहानमात्र धौलीका श्रीमानसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेपछि घटनाका बारेमा जानकारी आउने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *