Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
श्रीमानले अलपत्र पारेर मर्नु न बाँच्नु बनेकी रबिना बादी यस्तो प्रतिभाशाली (भिडियो) – Rabin's Blog
Friday, March 29, 2024

श्रीमानले अलपत्र पारेर मर्नु न बाँच्नु बनेकी रबिना बादी यस्तो प्रतिभाशाली (भिडियो)

लुटिनलाई बाँकी के नै पो छ र रबिना बादीसँग ? गुमाउनलाई पनि के नै पो छ र ? जसले उनलाई लुट्यो तिनै बलात्कारीकै श्रीमती जबरजस्ती समाजले बनाईदियो त्यो पनि बाबुको उमेरको मान्छेसँग । दोस्रो बिबाह गरिन, उनले पनि छोरो सहित यो हालतमा पशुपतिमा छाडेर बेपत्ता भएको अबस्थामा समाजसेवी किशोर सुनुवारको प्रयासमा मानब सेवा आश्रममा आज शरण पाएकी छिन । अब बाँकी उनको मधुर, हृदयस्पर्शी आवाज छ तर पनि खै थाहा छैन अवसर उनलाई कसले दिने ? रबिनाले गुमाउन अब केहि नभए पनि पाउनलाई प्रशस्त छ ।

हाम्रो समाजमा माया र प्रेमको जालोमा फसाएर भर्खरै कोपिला लाग्दै गरेका विभिन्न युवतीहरुलाई मृत्युको मुखमा पु¥याइएको घटना पनि हाम्रै समाजमा छ । २ वर्षीय नावालिका देखि ७०/८० वर्षीय बृद्धालाई समेत बलात्कार गरेर हत्य गर्नेहरु पनि हाम्रै समाजमा छन् ।

यस्तै दर्दनाक घटना भोग्नुपरेको छ १९ वर्षीय रबीना बादीको जीवनमा पनि । रबीना बादी १२ वर्षको कलिलो उमेरमै बलात्कृत हुन पुगिन् । त्यसोत, उनी समाजका कारण १२ वर्षको कलिलै उमेरमा उमेरले आफु भन्दा १७ वर्ष जेठो बिनोद नेपालीसँग बिहे गर्न बाध्य भइन् ।

रबीना १३ वर्षकी हुँदा पहिलो सन्तानको रुपमा छोराको आगमन भयो । तर उनको श्रीमानको स्वभाव भने जनावरको जस्तो थियो । श्रीमान बिनोदले तीन दिनको सुत्केरी रबीनालाई पनि छाडेनन् । यसै क्रममा रबीनाले आफुलाई बचाउ गर्ने क्रममा श्रीमान बिनोदले टाउकामा ठुलो चोट पुग्नेगरी कुटे भने टाँकासमेत लगाउनु परेको थियो । सोही कारण अचेल धेरै सोच्न नसक्ने बताउँछन् रबीना ।

रबीनाको छोरो पाँच महिनाको हुँदा श्रीमान बिनोद भने बिदेश सवार भए । तर रबीनाको जीवनमा कुनै पनि सुख थपिएन, पीडा मात्र थपिदै गयो । बिदेश पुगेका श्रीमानले रबीनालाई मन नपराउने भन्दै घर छोड्न धम्की दिन्थे । छोरो बिरामी परेको समयमा पैसा पनि पठाउँदैन थ्यो । उसले मलाई विभिन्न प्रकार युवतीहरुसँग बसेको तस्वीर पठाउने र ‘तिमी भन्दा राम्री केटी पाएकी छु । मेरो घर छोडिहाल’ लगाएतका मानसिक यातना दिईरहन्थ्यो ।

यसै कुरालाई बढाउँदै रबीनाले भनिन्, ‘मेरो छोरो त्यति धेरै बिरामी हुँदा मलाई सहयोग गरेनन् । पाँच वर्षसम्म मैले त्यस्तै समस्याहरुलाई झेलिरहेँ र छोरोलाई पनि सँगसँगै हुर्काए । त्यसपछि मलाई लाग्यो, अब म आफ्नो खुट्टामा आफै उभिनुपर्छ । मैले प्लस टु पास गरेकी गरिसकेकी छु । त्यसैले मैले काम गर्नु पर्छ ।’

बिनोदसँग नछुटिदै श्याम ओलीसँग अर्को बिहे

विनोद बिदेश गएको पाँच वर्षपछि रबीनाले श्याम ओलीसँग दोस्रो बिहे गरिन् । रबीनाका अनुसार श्यामसँग फेसबुकको माध्यमबाट बिहे भएको हो ।

बाँकी कुरा रबीनाको आफ्नै शब्दमा, ‘मैले फेसबुकमा फोटोहरु सेयर गर्थे । श्याम ओलीले मलाई मन पराउँथेछन् । म एउटा आरजेको रुपमा काम गर्थे । म आरजे भएको नाताले फेसबुकमा फोन नम्बर राखेकी थिए । त्यसै फेसबुकमा राखेकी फोन नम्बरबाट श्यामले मलाई फोन गरे र भेट्न भने । म एउटा विवाहित महिला हुँ । मेरो एउटा छोरो छ । यदि तपाई मिडिया पारखी नै हुनुहुन्छ भने मिडिया कार्यलयमै आउनुस् भने । उसले मलाई ‘विश्वास लाग्दैन भने मेरो आमालाई भेट्नु भने । मैले सोचे उसको आमालाई भेट्दा मेरो के नै जान्छर भन्ने सोचे, र उसको आमालाई भेटे । उसको आमाले मलाई एकदमै राम्रो गर्नु भयाmे मलाई राम्रो लाग्यो । म बिरामी हुँदा पनि हेर्न आउने, मलाई मिठो मिठो खानेकुरा ल्याईदिने गर्थिन् । र मेरो छोरालाई पनि एकदमै राम्रो गर्थिन् । त्यसरीनै कुरा अगाडि बढ्दै गयो ।’

यसरीनै कुरा अगाडि बढ्दै जाँदा श्यामकी आमाले रबीनालाई आफ्नो छोरा प्रहरी बन्न लागको बताएकी थिईन् तर छोरोको पहिल्यै बिहे भईसकेको कुरालाई भने लुकाएकी थिईन् । उनले थपिन्, ‘उसले मलाई आफ्नो छोराको पहिल्यै बिहे भईसेको भनेकी भए मैले सम्बन्ध अगाडि बढाउने थिइन ।’

यसरीनै रबीना र श्यामको बिहे पनि भयो । रबीनालाई लाग्थ्यो आफ्नो पहिलेको जीवन बिग्रेता पनि पछिल्लो जीवन राम्रो र सुखी हुदै गएको थियो । उनलाई राम्रो श्रीमान, सासु, नन्द पाएकीमा निकै हर्षित थिईन् । तर जब रबीनाको पेटमा दुई महिनाको बच्चा छ भन्ने थाहा भयो, उनीहरुले रबीनालाई सो बच्चालाई गर्भपतन गर्न लगाईयो ।

तर रबीनाले मानिनन् । पहिले रबीनाले २,३ लाख बैंक व्यालेन्स, सुन चाँदी काम गरेरै जुटाएकी थिइन् । त्यसैको लोभमा श्यामले उनलाई फसाएको आरोप लगाएकी छन् । अन्तमा आफु दलीत भएकै कारण आफ्नो पेटमा रहेको बच्चालाई खसाउन खोजिएको थाहा भएको बताएकी छन् ।

श्यामका परिवारले रबीनाको पेटमा भएको बच्चालाई खसाल्नका लागि भारत समेत लगियो । तर रबीनाले त्यहाँबाट पनि आफ्नो बच्चालाई बचाउन सफल भइन् भने अहिले जन्म दिनसमेत सफल भएकी छन् ।

यसरी जातको कुरालाई लिएर अलपत्र पारिएकी रबीनाले आफ्नो श्रीमान श्यामलाई एक पटक भेट्न आग्रह गरेकी छन्, भने छुट्टिनु परेपनि सल्लाहमै छुट्टिले बताएकी छन् । उनले भनिन्, ‘जात मैले बनाएको होइन् । मेरो पनि गल्ति हुनसक्छ तर जात मैले बनाएको होइन् । मेरो छोरोको जन्मदर्ता गर्नुपर्छ । पछि ठुलो भएपछि मेरो छोराले मेरो बाबा को हो भन्दा मैले के जवाफ दिने ? सोह्र वर्ष पुगेपछि नागरिकता चाहिन्छ, मैले कहाँबाट ल्याउने ?’

यी र यस्तै प्रकारका गुनासोहरु छन् रबीनाको श्याम प्रतिको गुनासो । उनले आफ्नो छोरोलाई एकपटक हेर्न आउन आग्रह गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *