Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
के हो अनशन , अन्न नखाई कति दिन बाँच्न सक्छ मान्छे ? -भिडियो सहित – Rabin's Blog
Friday, March 29, 2024

के हो अनशन , अन्न नखाई कति दिन बाँच्न सक्छ मान्छे ? -भिडियो सहित

नेपालमा यतिबेला सर्वाधिक चर्चामा छन् डाक्टर गोविन्द केसी । चिकित्सा शिक्षामा सुधारको माग राख्दै उनीअहिले १५ औं पटक आमरण अनसनमा छन् । यस पटकको अनसनमा उनले आफ्नो रेकर्ड तोड्ने देखिएको छ । उनी यस अघि सबैभन्दा बढी २२ दिनसम्म अनसन बसेका थिए । तर उनको यो १५ औं अनसनको आज २२ औ दिन हो ।

उनको अनसन अवधि लम्बिँदै गएसँगै आम सर्वसाधारणले अनसनको खास अर्थ खोज्न थालेका छन् । लामो समय अनसन बस्दा पनि प्रष्ट बोल्न सक्ने, अनसन तोडेको भोलिपल्टै काममा जान सक्ने डा. केसीको क्षमता देखेर आम सर्वसाधारण चकित छन् भने विरोधीहरु उनलाई ‘भिटामिन अनसन’ भनेर ब्यंग्य कसिरहेका छन् । यावतकारण ‘अन्ननखाई मान्छे कति दिन बाँच्न सक्ला? भन्ने सवाल उठ्न थालेकाछन् ।

अनशन के हो ?

नेपाली विकिपीडियाका अनुसार ‘अनसन भनेको भोकै बस्ने काम, भोकै बसेर गरिने एक किसिमको हड्ताल’हो । त्यस्तै ‘उपवास, अन्नत्याग, निरहार व्रत, जैन शास्त्रअनुसार मोक्ष प्राप्तिका लागि मर्नु भन्दा केही दिन पहिले अन्न र पानीत्याग्नु ।

राजनीतिक अथवा अन्य कुनै प्रकारको दवाव दिनका लागि गरिने अन्न त्यागलाई अनसन भनिन्छ’ भनेर हिन्दी विकिपिडियाले भनेको छ । अनशनका यी अर्थहरु केलाउँदा अन्न अथवा अन्नबाट बनेको कुनै पनि पदार्थहरु नखाएरै गरिने एक किसिमको व्रत अथवा हड्ताल भन्ने बुझिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *