Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बोल्दिन भन्दाभन्दै केपी ओलीले बोलाएपछी – Rabin's Blog
Saturday, April 20, 2024

बोल्दिन भन्दाभन्दै केपी ओलीले बोलाएपछी

ज्वाला संग्रौला- बामपन्थीका केहि अराजक पाठाहरु हिजोआज डाक्टर केसीको अनसनमा राजनैतिक घुसपैठ छिर्यो भनेर तिन कान्ला उफ्रिरहेछन्। यिनीहरुले आफू चाहिँ ऐना हेर्छन् कि नाई? पाइलट बनेर पार्टीसँगै देश उडाउने ज़िम्मेवारी लिएका जुम्ल्याहाहरु धमाधम माफियाका चुलामा घुसेर भुँडी भर्दा त्यहाँ राजनैतिक घुसपैठ भएको यिनेर्ले देखेनन्, एउटा पत्रकारले प्रश्न सोधेको भरमा संचारमन्त्रीले उस्को जागिरै उडाईदिँदा त्यहाँ दलालीतन्त्र हाबी भएको यिनीहरुले बुझेनन्,११८ जनाको जम्बो टोली चाईना गरेर रक्सी पुगेन भन्दै रोइलो गाउँदै गर्दा यिनीहरुमा राजनैतिक चेतना आएन, एउटी लमिनी संसदले गुण्डालाई दाई बनाएर साक्षी बसेर ल्याप्चे ठोकेर जेलबाट छुटाउँदा त्यहाँ राजनीतिको गन्धे बाफ उडेको यिनीहरुका आँखाका टोड्काले देखेनन, देश बनाउनमा लगानी गर्नुपर्ने पैसाको मुठो पर्यटन मन्त्रीले भाइभारदारलाई बाँडेर स्वाहा पार्दा यिनीहरुलाई आफ्ना मालिकप्रति कतिपनि दिगमिग लागेन..!

३३ किलो सुन खोई? गोरे खोई? सुन ओसार्ने भरियाको हत्यारो खोई?चाईनामा केपीले भुकेको बबाल अँग्रेजीको औचित्य खोई? भारतका मोदीसँग चट्ट मिलाएर लाएको बिहारी दौरा र टाउकामा गुथेको पन्जाबी पगरीको अर्थ खोई? चुच्चो रेल र पानीजहाज चलाउन त लु समय लाग्छ रे पर्खन्छौ हामी तर घरघरमा चुलाचुलामा पिटिक्क थिच्दा बल्ने ग्याँस खोई? बुढाबुढीका हातमा पाँच हजार राखेर नमस्कार गर्छौं भनेर हिजो कुर्ली कुर्ली हानेको टुक्काको कार्यान्वयन खोई?गरिबले भोकले मर्नु पर्दैन ओछ्यानमै भात खाने दिन आए भन्ने केपीको भात खोई? ढलेको धरहराको ठुटो सम्याउन खर्पन र बेल्चा उचाल्छु भन्दै जनता उरालेर नक्कली रास्ट्रबादको डंका पिट्ने दलालको बोलीको टुँगो खोई? यस्ता कुराहरुको जबाफ छ कम्निस कार्यकतासँग? अझ सुशीला कार्की र खगेन्द्र सँग्रौलालाई समेत पार्टीको झण्डा ओढाउन पो आतुर रहेछन् यिनै राजनैतिक बाम माछाहरु! झोले हुनुको पनि एउटा सिमा हुन्छ नि यार…!

हो, यो गोबिन्द केसीको मुद्दामा राजनैतिक झण्डा बोकेका दलहरु सडकमा आएकै हुन् , नागरिक समाजका अगुवाहरु उत्रिएकै हुन् , डाक्टरहरु चिच्याएकै हुन् किनकी उनीहरु गरिबको जीबन पनि बचाउनु पर्छ भनेर सडकमा ओर्लिएका छन् । बामेहरुले कालो काँग्रेस छटपटायो भनेर प्रतिपक्षलाई कटाक्ष गर्नै पर्दैन किनकी प्रतिपक्ष भनेको त लाईसेन्स् प्राप्त राजनैतिक पाले हो जस्ले सरकार देशको मुल ढोकाबाट भित्रबाहिर गर्दा त्यस्को शरिरमा चेकिंग मेशिन घुमाई घुमाई ओर्काई फर्काई सरकारको नाडी छाम्छ र नाड़िको चाल तलमाथी भो भने आवश्यक मरमत पनि गर्छ । काँग्रेसले यति गर्दैमा आँतिएर सडकमा बख्तरबन्द बर्दीवाला केटाहरुको बिस्कुन सुकाएर नागरिकलाई बोल्न छेकबार लगाउने यो माफिया र धन्दुकारी सरकारको झुण्डको यत्रो चुरिफुरी? अझ यिनका ठेकेदार चेलाहरुको यत्रो बुरुकबुरुक ? कम्युनिस्टको हिँग कतै बचेको छ भने लाजसरम लाग्नु पर्छ केपी ओलीलाई एकपटक ती कम्युनिस्ट पार्टीका सँस्थापक महान ब्यक्ति पुस्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीलाई सम्झिएर जस्ले जीबनभर गरिबको आवाज बोले र गरिबीमै प्राण त्याग गरे।

बरु म प्रचण्डलाई धेरै मान्छु किनकी उनले देशमा गणतन्त्र ल्याउन खेलेको भूमिकालाई नकार्न मिल्दैन। ऊ बेला गिरीजाप्रसाद कोईराला, बाबुराम भट्टराई , र पुस्पकमल दाहालको संयुक्त प्रयास र बार्ताबाट देशमा परिबर्तन आएको हो।अहिले प्रचन्डले आफ्नै इतिहाँस मेटाएर सम्पूर्ण सहिदको सपना र रगतलाई केपीको पाउमा लगेर पोखे र पो देशका लागि यो दुखलाग्दो बिषयभो त।नत्र प्रचण्डलाई गाली नगरौ । बिचरा बलीको बोका भएका छन् यि आफैं..!तर के नै त्यस्तो महान काम गरे र यी ओलीलाई चैं मुकुट भिराएर भोट दिने र नदिने दुबैथरी जनताले पूजा गरिरहनु पर्ने? यिनी १४ बर्ष जेल बसेको हिसाबकिताब त आफ्नो लागि मात्र चुक्ता गरे किनकी हिजो फ्याटफ्याटे चप्पल घिस्याउँदै दमकको हाटखोलामा हग्न जाने यिनी आज गोटाको दुई करोड जाने दुईदुईवटा मर्सिडीज़का मालिक र काठमाण्डौमा आलिसान बंगलाका राजा बने। हाटखोलाका सुकुम्बासी त जस्ताको तस्तै छन् नि जस्ले यिनलाई अब दुईछाक खान पाईएला, मकाएको चुहिने छानो टाल्न सकिएला,छोराछेरीलाई अक्षर चिनाउन पाईएला भनेर नेता बन्ने मौका पटक पटक दिएका थिए..! तिनीहरुलाई हेर्नु पर्छ किन पर्दैन उखान सम्राटले? उल्टै अस्ती त्यो सुकुम्बासी बस्तीमा डोजर चलाउन भ्याईसके..! यति हो यिनको कर्तब्य ? यो बौलाहा स्टाइलको तुजुक हेर्न त भोट देको होईन त केपीलाई जनताले ….!

अझ एकथरी पुच्छरमा आगो लगाएर लंकातिर धपाउनु पर्ने मतिका खाईलाग्दा हनुमानहरु फेरिपनि रबिन्द्र मिस्रलाई डलरबादी भन्दै चोसो तिखार्दै रहेछन्। रबिन्द्र मिश्रलाइ डलरवादी भन्ने हुतियाराहरु उनले डलर कमाउन्जेल तिमीहरु के रमिता हेरेर बस्या थियौ? तिमी नालायकहरुलाई पनि मजाले डलर कमाउन छुट छ त। उनले गरिब लुटेर र देश बेचेर त कमाएनन नि डलर..! सक्छौ र क्षमता छ भने तिमी पनि येन कमाउ, डलर कमाउ युवान कमाऊ छेर फुटुन्जेल आफ्नो ट्यालेन्ट देखाएर जे जे सक्छौ कमाऊ र अरुको प्रगतिमा डाहा गर्न छोड मुलाहरु ,बद्तमिजहरु…! आफ्नो कुनै अध्ययन छैन, तर्क छैन, कुनै गहकिलो बिचार छैन, शब्दसमेत अरुकै सापटी मागेर फेशबुकमा भुक्ने कुत्तागिरीहरुको घटिया हर्कत देख्दा त यिनीहरुलाई सबका सब लाईन लगाएर ढाडमा डण्डा चलाउनु जस्तो लाग्छ..!

म आजसम्म कुनै पार्टीबिहिन मान्छे, झण्डाबिहिन मान्छे तर अहिले मेरो समर्थन प्रतिपक्ष, बिबेकशिल , नयाँ शक्ति र गरिबहरुको पक्षमा उभिएका सबै नागरिकहरुलाई..! ओली बुडा अब खुरुक्क गोबिन्द केसीको माग सम्बोधन गर, धेर लम्बेचौडे चुट्किला सुन्न जनतासँग समय छैन! दुईतिहाईको सरकार भनेर धेरै फुटानी पनि नहाँक,तिम्रो दुईतिहाईको घमण्ड त एउटा बुढो डाक्टरले नै उतार्न लागिसके, ज़िद्दी छोड़ र जनताको दैलोमा आऊ..!
#WthDrKc✊️?

Leave a Reply

Your email address will not be published. Required fields are marked *