Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न आउने भयो यस्तो सिस्टम – Rabin's Blog
Friday, April 19, 2024

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न आउने भयो यस्तो सिस्टम

इच्छाकामना (चितवन) : नारायणगढ-मुग्लिन सडकमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न काम थालिएको छ। सवारीलाई नदीमा खस्नबाट जोगाउन नेपालमै पहिलो पटक ‘ केबल ब्यारियर सिस्टम’ प्रयोग गरिएको छ। दुर्घटना हुँदा सवारीसाधन सडकबाट खसेर सोझै त्रिशूलीमा खस्ने कारण त्यसलाई रोक्न प्रयोगात्मक रूपमा थालनी गरिएको हो। सवारीसाधन नदीमा खस्दा क्षति ठूलो हुने भएकाले त्यसको नियन्त्रणका लागि तारको बार लगाइएको हो। त्रिशूलीको तिरैतिर रहेको नारायणगढ-मुग्लिन सडकखण्डमा सामान्य दुर्घटना हुँदा सवारीसाधन सोझै नदीमा खस्थ्यो। कतिपय सवारीसाधन नदीमा बेपत्ता पनि भएका छन्। सडकको छेवैमा प्रत्येक चार मिटरमा सानो र दुईपट्टि छेउमा ठूलो फलामको पोल गाडिएको छ। पोलको बीचमा ५ लाइन मोटो फलामको तार टाँगिएको छ। यसले सवारीसाधनलाई नदीमा खस्नबाट रोक्छ।

सडक सुरक्षाको अवधारणासहित नेपालमा पहिलो पटक केबर ब्यारियर राखिएको छ। पहाडी भेगको सडकका लागि उपयोगी हुने प्रविधि प्रयोग गरिएको हो। परम्परागत उपायले थेग्न नसकेपछि चिनियाँ कम्पनीको सहयोगमा केबल ब्यारियर लगाइएको छ। चीनबाट खरिद गरी नेपालमा ढुवानीसहित करिब ३१ हजार डलर लगानीमा निर्माण गरिएको हो। तारको बार लगाएपछि २२ देखि ३० टनसम्म भार भएका सवारीलाई सजिलै थेग्न सक्ने क्षमताको निर्माण गरिएको छ। हलुका सवारीसाधन ठोक्किएमा सडकतर्फ नै हुत्याइदिन्छ। ३० टनभन्दा माथि भार भएका सवारी सडकबाट केही मिटर मात्र खसे पनि सोझै नदीमा नखस्ने कम्पनीको दाबी छ। नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले सडक सुरक्षाको अहिलेसम्मको उत्कृष्ट काम भएको बताए। ‘सडक सुरक्षाका लागि विश्वमै राम्रो कहलिएको उपाय भएकाले हाम्रोमा यो उपयोगी मानिएको छ’, उनले भने, ‘पहिला गरिएको परम्परागतभन्दा यो दोब्बर उपलब्धिमूलक हुने विश्वास गरेका छांै।’

बढी मात्रामा दुर्घटना भएको स्थानको खोजी गरेर नारायणगढ-मुग्लिन सडक छनोट गरिएको हो। प्रयोगका लागि उक्त सडकखण्डको दुई स्थानमा केबल ब्यारियर लगाइएको छ। दुर्घटनाले बढी जोखिम मानिएको पाँच किलो र मुग्लिन नजिक पाँच सय मिटर दूरीमा निर्माण गरिएको छ। त्रिशूलीमा बढी गाडी खसेको घटनालाई हेरेर नारायणगढ-मुग्लिनमा प्रयोग गरिएको हो। यो पहिलो पटक नेपालमा प्रयोग गरिएको हो। केबल ब्यारियर राख्न चिनियाँ कम्पनी सिन्चुवान हाईवे कम्पनीले निःशुल्क प्रदान गरेको हो। यसका लागि कम्पनीका सञ्चालकसहित दुई जना चिनियाँ आफैं खटिएका छन्। कम्पनीका सञ्चालक विन वि र होउ जिङस्याङ आफैं खटिएका थिए। नेपालको पहाडी भेगको सडकका लागि उपयोगी भएको देखाउन पनि प्रयोग गरिएको सिचुवान कम्पनीका नेपाल वितरक मिङ्मा दोर्जे शेर्पाले बताए। ‘तारमा लागेपछि सवारीसाधनलाई सडकमै रोक्छ’, शेर्पाले भने, ‘हत्तपत्त साधन नदीमा खस्नबाट रोकेर क्षति हुनबाट जोगाउँछ।’

उक्त कम्पनीले अस्ट्रेलिया, न्युजिल्यान्ड, रसिया, मलेसिया, थाइल्यान्ड, पोल्यान्डलगायत देशमा काम गरिसकेको छ। चिनियाँ कम्पनीले निःशुल्क निर्माण गरिदिएको हो। उक्त सडकखण्डमा आवश्यकता भए पनि बजेट अभावका कारण पनि धेरै स्थानमा निर्माण गर्न नसकिएको हो। सडक स्तरोन्नति भएसँगै सडकको जोखिमयुक्त क्षेत्रमा फलामको पाता र सिमेन्टको संरचना निर्माण गरिएको छ। आयोजनाका अनुसार अहिलेसम्मकै उपयुक्त प्रविधि मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *