Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
‘जित्दा म जर्मन भएँ, हार्दा आप्रवासी’, आर्सेनल मिडफिल्डर ओजिलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिंदै भने : अब म कहिल्यै जर्मनको जर्सी पनि लाउने छैन – Rabin's Blog
Friday, April 19, 2024

‘जित्दा म जर्मन भएँ, हार्दा आप्रवासी’, आर्सेनल मिडफिल्डर ओजिलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिंदै भने : अब म कहिल्यै जर्मनको जर्सी पनि लाउने छैन

बर्लिन, आर्सेनल मिडफिल्डर मेसट ओजिजले जर्मनी टिममा खेल्दा ‘रंगभेद र अपमान’को आरोप लगाउँदै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । मेसट ओजिज टर्कीस मूलका जर्मन खेलाडी हुन ।

मेसटले सन् २०१४ मा जर्मनीले विश्वकप जित्दा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यतिखेर आफ्नो प्रशंसा भएको तर अहिले भने जाती र नश्लको कुरा उठाएको भन्दै उनले दुखेसो व्यक्त गरेका छन् । २९ वर्षीय मेसटले गत मई महिना लण्डनमा टर्किस राष्ट्रपति रिकेप ताय्यीपसँग तस्वीर खिचाएपछि उनको आलोचना भएको थियो ।

विश्वकपमा जर्मनीको निराशाजनक प्रदर्शनपछि घृणा व्यक्त गरिएका इमेल र धम्की पाएको मेसटले जनाएका छन् । “हामीले जित्दा म जर्मन भएँ तर हार्दा भने म आप्रवासी ठानिए” उनको भनाई उद्दृत गर्दै विविसीले जनाएको छ ।

जर्मन फुटबल टीमका प्रमुखले भने अहिलेसम्म ओजिजको दावीमाथि कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपी जर्मन चान्सलर एन्जेला मार्कलले भने उनको निर्णयको सम्मान गरेको उनका प्रवक्ताले सोमबार जनाएका छन् ।

ओजिज सन् २०१४ देखि जर्मनका तर्फबाट विश्वकप खेल्दै आएका छन् ।उनका प्रशंशकहरुले उनलाई सन् २०११ देखि राष्ट्रिय टीमका लागि भोट गर्दै आएका थिए । विश्वकपमा भने जर्मनी रुससँग हारसँगै बाहिरिएको थियो ।

ओजिजले अब जर्मन राष्ट्रिय टीमको टीशर्ट समेत नलगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लामो दुखेसो पोखेका ओजिजले जर्मनीहरुका लागि मेरो कुनै महत्व नभएको बताएका छन् ।

जर्मनीमा आप्रवासीहरुमाथि हुने व्यवहारले विवाद निम्त्याउँदै आएको छ । ओजिजको नियती भोग्ने थुप्रै अन्य आप्रवासी रहेका छन् । जर्मनीलाई कर तिर्दा र उनीहरुको फाइदा हुँदा सम्म राष्ट्रियताको प्रश्न नउठने तर उनीहरुलाई फाइदा नहुँदा भने त्यही कुराले आलोचना गरिने विषयले अहिले चर्चा पाएको छ ।

ओजिजले अब के गर्छन् भन्ने कुरा स्पष्ट छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *