Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
एकै परिवारका ११ जना सदस्यको रहस्यमय मृत्यु भएको २२ दिन उक्त घरमा भएको यो कुकुरको यस्तो भएपछि बन्यो विश्वभर भाइरल – Rabin's Blog
Friday, April 19, 2024

एकै परिवारका ११ जना सदस्यको रहस्यमय मृत्यु भएको २२ दिन उक्त घरमा भएको यो कुकुरको यस्तो भएपछि बन्यो विश्वभर भाइरल

एजेन्सी। भारतमा एकै परिवारका ११ जना सदस्यको रहस्यमय मृत्यु भएको खबरले अहिले भारत मात्र होइन विश्वमा त्यसले सनसनी मच्चाएको छ । भारतको राजधानी दिल्लीमा एउटै परिवारका ११ जनाको रहस्यमय मृत्यु भएको थियो । २२ दिन अघि भएको सो घटनाको कारण अझै खुल्न सकेको छैन । सो घटनाको प्रत्यक्षदर्शी बनेको सो परिवारको कुकुरको पनि मृत्यु भएपछि घटना झन रहस्यमय बनेको छ ।

११ जनाको सामुहिक मृत्युको मुख्य योजनाकार ललितको निकै प्रिय कुकुर टमीको ठिक २२ दिनपछि हिजो हर्ट एट्याकका कारण मृत्यु भएको हो । सो घटना भएदेखि नै बिरामी रहेको सो कुकुरको उपचार भइरहेको थियो । घटना भएपछि झण्डै तीन दिन छतमा रहेको सो कुकुरलाई १०८ डिग्रीको ज्वरो आएको थियो ।

परिवारको सदस्य जस्तै रहेको सो टमिको उपचार नोयडामा भइरहेको थियो । जनावरको रेखदेख गर्ने संस्थाले सो कुकुरको उपचार गरिरहेको थियो । नोएडाको सेक्टर ५५ मा उपचारार्थ रहेको कुकुरको हर्ट अट्याकका कारण मृत्यु भएको बताइएको छ । उपचारका लागि ल्याउंदा निकै चिन्ताजनक अवस्थामा रहेको टमिको स्वास्थ्यमा सुधार हुंदै गइरहेको थियो । विस्तारै खेल्न समेत सुरु गरेको टमीलाई आइतबार अचानक टमीलाई हर्ट एट्याक भयो र उसको मृत्यु भयो ।

पिटबुल इण्डियन मिक्स प्रजातिको सो कुकुर परिवारका सदस्यको मृत्यु भएपछि टमीले केही पनि खाएको थिएन । १०८ डिग्री जरो आएको टमीले अस्पताल ल्याइएपछि पनि २४ घण्टा केही खाएको थिएन । त्यो पीडालाई सहन नसकेर उसको आँखाबाट आँसु बगिरहेको थियो । उसको त्यस्तो हालत देख्नेहरुका समेत आँखा रसाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *