Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ? भन्दै देशमा आगो वल्छ भन्ने पूर्वप्रधानन्याधिस शुसिला कार्कीलाई ओलीले दिए मुखभरिको जवाफ – Rabin's Blog
Saturday, April 20, 2024

७ पढेको, ८ पढेको, १० पढेको व्यक्तिलाई के भनौं र खै ? भन्दै देशमा आगो वल्छ भन्ने पूर्वप्रधानन्याधिस शुसिला कार्कीलाई ओलीले दिए मुखभरिको जवाफ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई वार्तामा आउन आव्हान गरेका छन् । पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले डा. केसीलाई स्वास्थ्य शिक्षामा सुधारका लागि बहसमा आउन आव्हान गरे ।स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौं । तपाई नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ तपाई नै अध्यक्ष बन्नुस्’ उनले भने । सरकारले ल्याएको चिकित्सा शिक्षा

विधेयकमा संशोधनका लागि प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको समेत उनले बताए । कार्यक्रममा निकै खरोरुपमा प्रस्तुत भएको ओलीले कांग्रेसले डा। गोविन्द केसीको अनसनको त्यान्द्रो समातेर राजनीति खोजेको भन्दै आलोचना गरे ‘“मलाई दया लागेर आएको छ । मकांग्रेसलाई भन्न चाहन्छु, गोविन्द केसीलाई जुम्लाबाट ल्याउन नदिएर उपद्रो मच्चाइयो । ’ उनले भने ।

डा. केसीका पक्षमा देखिएको आन्दोलनप्रति कटाक्ष गर्दै डा. केसीले पूर्व प्रधानन्यायाधिश सुसिला कार्कीमाथि लक्षित गर्दै भने, “ निषेधाज्ञा तोड्दै के भन्नुभयो भन्दा त्यो प्रधानमन्त्री सात कक्षा पढेको छैन, के बुझ्छ कानुन ?’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीतर्फ इंगित गर्दै उनले भने, “म सँग सर्टिफिकेट हेर्न आउनुभएको त थिएन । तैपनि देख्नुभएछ ।” ओलीले डा केसीको मागलाई कांग्रेस लागायत केही पार्टीले आफ्नो स्वार्थसँग जोडेको आरोप लगाए । उनले भने, ‘ कांग्रेस र अन्य केही पार्टीले डा केसीको आन्दोलनलाई उचालेर आफ्नो राजनीतिक स्वार्थको रोटी सेकेर स्वार्थ पुरा गरिरहेका छन् । जुन कुरा डा केसीले बुझ्नु भएको छैन ।’

प्रधानमन्त्री ओलीले मेडिकल एसोसिएसनका नाममा आन्दोलनमा उत्रेका डाक्टरहरुलाई समेत चर्को आलोचना गरे । सरकारी जागिर खाएरु उपचार गर्दिनँ भन्न नमिल्ने प्रधानमन्त्रीको जिकिर थियो ।

प्रधानमन्त्री ओलीले कांग्रेसको म्याउम्याउ नीतिका कारण तराई डुवानमा परेको आरोप लगाए । सरकार बनाउन र टिकाउन कांग्रेसले छिमेकीसँग म्याउम्याउ नीति अन्तर्गत गरेको कामले तराई डुवानमा परेको उनले बताए ।

आफ्नो नेतृत्वको सरकारले डुवान समस्या समाधानका लागि पहल थालेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *