Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
साह्रै गर्मी भयो भन्दै यात्रुले प्लेनको ढोका खोलिदिएपछि… – Rabin's Blog
Friday, April 19, 2024

साह्रै गर्मी भयो भन्दै यात्रुले प्लेनको ढोका खोलिदिएपछि…

बेइजिङ । चीनको सिचुआन प्रान्तको मियानयाङ विमानस्थलमा एक अनौठो घटना घटेको समाचार बाहिर आएको छ। एक व्यक्तिले विमानले उडान भर्नभन्दा ठीक अघि आपत्तकालिन द्वार खोलिदिएका छन्। चिनियाँ मिडियामा प्रकाशित समाचारमा यी व्यक्तिको थर ‘चेन’ भनेर उल्लेख गरिएको छ । गर्मी लागेर हावा खानका लागि उनले सो ढोका खोलेको बताएका छन्।

प्रहरीले उनलाई हिरासतमा लिएको छ। साउथ चाइना मर्निङ पोष्टका अनुसार हाइनान टापूबाट फर्किरहेका चेनले आफूलाई गर्मी लागेको झ्याल खोल्न खोजेका थिए । तर, त्यो झ्याल नभएर आपत्कालिन द्वार थियो । उनले बल लगाउने बित्तिकै पूरै प्यानल खसेको थियो । साथै, आपत्तकालिन स्लाइड पनि बाहिर निस्केको थियो।

घटनापछि विमानले केहीबेर रोको थियो भने प्रहरीले चेनलाई १५ दिनका लागि हिरासतमा पठाएको छ। विमानमा भएको नोक्सानीको भरपाईका लागि उनीमाथि ११ हजार डलर जरिवाना पनि लगाइएको छ।

मिडिया रिपोर्टमा विमान कम्पनीको नाम पनि उल्लेख गरिएको छैन। सुरक्षा एजेन्जीहरुले पनि यो घटनाको जाँच गरिरहेको बताइएको छ। यो घटना अनौठो लागेपनि यस्तै घटना सन् २०१६ को अप्रिलमा सेनझेन विमानस्थलमा पनि भएको थियो।

पहिलो पटक विमानमा यात्रा गरिरहेका ३० वर्षीय बुलडोजर ड्राइभरले पनि आपत्तकालिन द्वार खोलेका थिए। उनले पनि हावा खानका लागि ढोका खोलेको बताएका थिए । उनलाई एक हप्ता हिरासतमा राखेर ५ सय युआन जरिवाना गरिएको थियो।

गत वर्ष पनि एक व्यक्तिले आपत्तकालिन द्वारमा हात अड्याएर राख्दा यस्तै घटना भएको थियो। उनलाई १० दिन हिरासतमा राखिएको थियो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *