Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बालकृष्ण ढुंगेललार्इ छाडेपछि राजधानीमा मच्चियो यस्तो हंगामा! – Rabin's Blog
Thursday, March 28, 2024

बालकृष्ण ढुंगेललार्इ छाडेपछि राजधानीमा मच्चियो यस्तो हंगामा!

काठमाडौं, १५ जेठ । सरकारको सिफारिसमा आममाफीमार्फत उज्जनकुमार श्रेष्ठ हत्याको सजाय भोगिरहेका पूर्वमाओवादी सभासद बालकृष्ण ढुंगेललाई छाडेको विरोधमा नेपाल विद्यार्थी संघले नग्न प्रदर्शन गरेको छ ।सरकारको विरोधमा मंगलबार गरिएको प्रदर्शनमा नेवि संघले ‘हत्यारा छाड्न पाइँदैन, ओली सरकार चाहिँदैन’ भन्ने प्लेकार्डसहित नग्न जुलुस निकालेको थियो ।

जुलुसको नेतृत्व सभापति नैनसिंह महरले गरेका थिए । सोमबार रातीको मन्त्रिपरिषद्को बैठकले ८ सय १६ जनाको सिफारिस गरी राष्ट्रपति कार्यालयमा बुझाएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि मंगलबार बिहानै ढुंगेलको रिहाई भएको थियो ।हो

फलाम तातेको बेला हो, यही बेला हान्नुपर्छ भनेर सम्झौतातिर गएँ । प्रचण्ड

अहिले त एमाले र माओवादी एक भइसक्यो । युद्धकालमा एमाले र माओवादीबीचमा कस्तो सम्बन्ध थियो ?एमालेसँग पटक पटक पचासौँ वार्ता भएका थिए । अब भन्न त मलाई केही अप्ठ्यारो छैन । १२ बुँदै समझदारीभन्दा पहिला तत्कालिन एमालेसँग रोल्पामा धेरै कुरा भएको थियो । भूमिगत अवस्थामा म सुप्रिम कमाण्डरको हैसियतले घोडा चडेर विभिन्न स्थानमा गएर भेटिन्थ्यो । बामदेव गौतम र युवराज ज्ञवालीलाई पनि घोडा चढाएर रोल्पामा लगेका थियौँ । उहाँहरुलाई रोल्पाको हाम्रो आधारइलाकामा ल्याएर भेट्दा नै पहिलो सम्झौता भएको थियो । त्यही सम्झौताका आधारमा नै गिरिजाप्रसाद कोइरालासँगको १२ बँुदे सम्झौता सम्भव भएको हो ।

विगतमा एमालेका अरु नेताहरुसँग नजिक देखिनुहुन्थ्यो । तर केपी ओलीसँग भनाभन नै चल्थ्यो । अहिले चाँही कसरी मिल्नुभयो ?यो सबै राष्ट्रको आवश्यकता हो । मैले मात्रै गरेर केही हुदैनथ्यो । कमरेड केपी ओली र म विगतमा त अलि बढि नै तुतुमैमै गथ्र्यौँ । आरोप प्रत्यारोपमा उहाँ पनि उस्तै । पानी बाराबारकै स्थिती देखिन्थ्यो । हामी दुवैजना एकअर्काको चित्त नबुझेका कुरा भन्ने गथ्र्यौँ । तर केपी र प्रचण्डको केमेष्ट्री मिल्ने पनि त्यहीभित्र रहेछ । आवश्यकताअनुसार हामी दुवै जना निर्णय लिन सक्ने रहेछौँ । हामी शान्तिपूर्ण तरिकाले सरकारको नेतृत्व गरेर समृद्धि र सुशासन दिँदै समाजवादतिरको यात्रामा जाने विषयमा सहमत भयौँ ।

तपाईले माओवादीलाई एमालेमा मिसाएपछि केही कार्यकर्ता त असन्तुष्ट छन् नि ?
म दुरद्रष्टा हुन्छु भनेर कुनै पनि निर्णय गरेको छैन । मैले यतिबेला यो देशलाई र जनतालाई यसरी फाइदा हुन्छ भनेर निर्णय गरेको हुँ । म दुरद्रष्टा हुन्छु कि हुन्न, राजनेता हुन्छु कि हुन्न भनेर मैले कहिल्यै पनि सोचेको छैन । अहिले पनि त्यही गरेको हुँ । अर्को कुरा मैले हरेकपटक नयाँ कदम चाल्दा असन्तुष्ट देखिने गरेको छ । यो पटक चाँही मैले सबैभन्दा कम असन्तुष्टी देखेको छु ।

पार्टी एकतासँगै माओवाद छोड्नुभएको हो ?
हामीले माओवाद छोड्ने भनेको छैनौँ । यसलाई महाधिवेशनसम्म बहसमा राख्ने हो ।नेपाल कम्युनिष्ट पार्टीको नीति के हुन्छ त ?सुशासन, स्थिरता र विकास नै हाम्रो मुख्य नीति हो । देश र जनताको पक्षमा राम्रो काम गरेर जाने हो । नेपालमा राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्न जरुरी छ । सम्पत्ति नभैकन समाजवाद हुँदैन । राष्ट्र र जनतालाई धनी बनाउने नै हाम्रो नीति हो ।

तपाई आफै प्रधानमन्त्री बन्ने आधार हुँदाहुँदै किन केपी ओलीलाई बनाउनुभयो ?
मलाई गहिरो गरी जिम्मेवारी बोध भयो । यो मेरो चरित्र र स्वभाव पनि हुन सक्छ । मैले राष्ट्र र जनताबाहेक अरु कहिले पनि सोचिन । मैले राजनीतिक गर्दा यो अवस्थामा पुग्छु भन्ने सोचेको पनि थिइन । अरु ठूला नेता हुन्छन्, हामी त पछि लाग्ने मात्रै हो भन्ने लाग्थ्यो । तर काम गर्दै जाँदा आफै ठूलो ठाउँमा आइपुँगे । मेरो लक्ष्य प्रधानमन्त्री वा राष्ट्रपति बन्ने होइन । तर यो परिवर्तनमा सबैभन्दा बढि संघर्ष गरेको पात्र भएको नाताले परिवर्तनको रक्षा होस भन्ने चाहन्छु । मैले दुईपटक प्रधानमन्त्री हुँदा आफैँ राजिनामा दिएको हुँ । प्रधानमन्त्रीको प्रस्ताव आउँदा म अहिले हुन्न पनि भनेको छु । निर्वाचनपछि पनि मलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । उहाँहरुलाई धन्यवाद दिदै देश र जनताको हितमा लागेको हुँ । प्रधानमन्त्री हुने लोभ नगर्दा मलाई गर्व लागेको थियो । मैले जनता र कुनै पार्टीसँग गरेको बाचा तोडे भने त मेरै आत्माले गलत भन्छ नि । अहिले पनि केपीजीलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्दा मलाई गर्व लागेको छ ।

अब प्रधानमन्त्री बन्ने सम्भावना कति छ ?
भोली कुनै दिन प्रधानमन्त्री बन्नुपर्ने अवस्था आयो भने वा राष्ट्रपति बन्नुपर्ने अवस्था आयो भने म भाग्छु भन्ने चाँही होइन । अब पाँच वर्ष त यही सरकारलाई प्रभावकारी बनाएर देश र जनताका हितमा काम गर्नुपर्छ । परिणामुखी बनाउनुपर्छ ।

केपी ओली पाँच वर्ष नै प्रधानमन्त्री हुने हो त ?
यो प्रश्न चाँही पार्टीले जे भन्छ त्यही हुन्छ । केपी ओली नै पाँच वर्ष प्रधानमन्त्री बन्दा मलाई कुनै आपत्ति छैन । एउटै पार्टी भएपछि टेन्सन नै भएन नि । नेपाल कम्युनिष्ट पार्टीको सरकार पाँच वर्ष चल्छ ।कार्यकारी राष्ट्रपति बन्ने तपाईको चाहना हो ?कार्यकारी राष्ट्रपतिको विधी राम्रो हुन्छ भन्ने हो । तर अहिले यस विषयमा बहस गर्ने समय होइन ।अन्त्यमा, रिपोर्टस क्लबका ऋषि धमलाको पनि ठूलै नाम भइसक्यो । सबैले गम्भीर रुपले लिनुपर्ने ठाउँमा तपाई पुग्नुभएको छ । गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रको उज्यालो प्रत्येक नेपालीको घरघरमा पुग्नेगरी तपाईको योगदान रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *