Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अचम्मको जात्रा : जहाँ जीवित देवताको गोप्य भविष्यवाणी हुन्छ – Rabin's Blog
Friday, May 14, 2021

अचम्मको जात्रा : जहाँ जीवित देवताको गोप्य भविष्यवाणी हुन्छ

नुवाकोट । नुवाकोटमा ‘सिन्दूरे जात्रा’को रौनक छाएको छ। जीवित देवता तथा भैरवीदेवी मन्दिरका पुजारी (धामी) हरिमानसिंह डंगोल र उहाँकी जीवन संगिनी (धमिनी) लाई पुज्ने र देशमा आगामी वर्षमा के हुन्छ भनी गोप्य भविष्यवाणी गर्ने धार्मिक एवं सांस्कृतिक परम्परानुसार शुक्रबारदेखि यो जात्रा सुरु भएको हो।

स्थानीयवासीन्दाको सहयोगमा नेपाली सेना श्रीनाथ गण देवीघाटले शुक्रबार राति बूढीदेवीको स्थल र भैरवीदेवी मन्दिर परिसरमा लिंगो उठाएको छ। ‘भैरवी वर्ष बन्धन’ अन्तर्गत लिंगो उठाइएसँगै विदुर नगरपालिका–२ मा रहेको भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको टोली शनिबार अपराह्न विदुर-५ देवीघाटस्थित जालपादेवी मन्दिरमा प्रस्थान गर्ने नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए।

‘भैरवीदेवी मन्दिर र देवीघाटमा रहेको जालपादेवी मन्दिरलाई दिदी बहिनीबीचको सम्बन्धका रुपमा हरेक वर्ष यो अवसरमा भेट गराइन्छ’, शाहीले भने, ‘जीवित देवताका रुपमा पुजिने धामीले आउने वर्ष देशमा के हुन्छ भन्ने गोप्य भविष्यवाणी गर्ने र त्यो राष्ट्रप्रमुखसमक्ष पठाइने भएकाले यसको राष्ट्रिय महत्व छ।’

फागुपूर्णिमादेखि शुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराका साथ मनाइने सो जात्रा नुवाकोटको सबैभन्दा लामो मानिन्छ। यस वर्ष सिन्दूरे जात्राको मुख्य रौनक शनिबार साँझ धामी हरिमानसिंह डंगोल र धमिनी ज्ञानुदेवी देवीघाटतर्फ प्रस्थान गरेपछि सुरु भई आइतबार धामी देवीघाटमा रहुञ्जेल र सोमबार नुवाकोटको देवीस्थानसम्म रहनेछ।

सोमबार भैरवीदेवी मन्दिर परिसरस्थित महिषासूरमर्दिनी मन्दिर अगाडि सिन्दूर खेलिसकेपछि पनि विभिन्न पूजाविधि कायम रहँदै थप एक सातासम्म जात्राको विभिन्न चरण कायम रहने छ। यस वर्षको सिन्दूरे जात्रा यही चैत २७ गतेसम्म चल्ने छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *