Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै भरतपुरबाट आयो ठुलो दुर्घटनाको खबर – Rabin's Blog
Wednesday, April 24, 2024

भर्खरै भरतपुरबाट आयो ठुलो दुर्घटनाको खबर

चितवन, १६ जेठ । भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ ।

बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, कावासोती नगरपालिका, हेटौँडा नगरपालिकाका दमकल, जिल्ला प्रहरी कार्यालय चितवन, सशस्त्र प्रहरी, जुनियर अधिकृत शिक्षालय, भरतपुरका प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । रङ बलिरहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको उनले बताए ।

विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागी भइरहेकाले क्षतिको अनुमान गर्न नसकिएको र छिटो नियन्त्रणका लागि प्रयास भइरहेको उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *