Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रिभ्यूः एक्सन र थ्रिलको ‘डबल डोज’ तर संगीतमा कमजोर–बागी २ – Rabin's Blog
Tuesday, April 23, 2024

रिभ्यूः एक्सन र थ्रिलको ‘डबल डोज’ तर संगीतमा कमजोर–बागी २

बलिउडको बहुप्रतिक्षित फिलम बागी २ आज रिलिज भएको छ । फिल्मले नेपालमा राम्रो शो पाएको छ र धेरैजसो शो हाउसफूल चलिरहेका छन् । अहमत खान निर्देशित फिल्म एक्सन र थ्रिलर जानरामा बनेको छ ।

फिल्ममा टाइगर श्राफ रोनीको भूमिकामा छन् भने दिशा पटानी नेहाको भूमिकामा छन् । कलेजमा रोनी र नेहाको भेट हुन्छ र यी दुईको मित्रता प्रेममा बदलिन्छ । केही समयपछि नेहा र रोनीले बिहे गर्ने फैसला गर्छन् । तर, बिहेको ठिक अगाडि नेहाको जीवनमा एक दुर्घटना हुन्छ । त्यसपछि फिल्ममा नयाँ ट्वीस्ट आउँछ अनि सुरु हुन्छ एक्सनको सिलसिला ।

अहमद खानको निर्देशनमा बनेको फिल्म एक्सन, थ्रिलर, रोमान्स र सस्पेन्सले भरिएको छ । निर्देशकीय पक्षमा अहमद खान चार–५ फिल्म निर्देशन गर्दैमा निकै पाको र अनुभवी निर्देशकको रुपमा देखा परेका छन् । जो एक्सन फिल्म हेर्न रुचाउँछन् र जसलाई टाइगर–दिशाको केमेस्ट्रीमा रुचि छ यो फिल्म उनीहरुका लागि हो ।

फिल्ममा टाइगरको एक्सन निकै उत्कृष्ट छ । अभिनय भने ठिकठाक भन्नुपर्छ । फिल्ममा रणदीप हुडा, मनोज बाजपेयी, दीपक डोबरियालको भूमिका थोरै छ तर त्यत्ति रोल निकै अर्थपूर्ण र बलियो छ । प्रतीक बब्बरले खलनायकको रुपमा यो फिल्मबाट कमब्याक गरेका छन् । हलबाट निस्केपछि पनि दर्शकले फिल्मको एक्सनको चर्चा गर्नेछन् ।

संगीतमा भने बागी २ ले दर्शलाई निराश पार्नेछ । फिल्ममा ज्याकलिन फर्नान्डिजको एक दो तीन… आइटम गीत छ । तर यो गीतमा त्यो मिठास पाउन सकिन्न जुन १९८८ मा आएको तेजाब फिल्मको माधुरी दीक्षितको गीतमा थियो । यसका अलावा प्रेमकथामा राम्रो रोमान्टिक गीतको कमी महसुस हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *