Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
महिला र बालबालिकाको बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने – Rabin's Blog
Saturday, April 20, 2024

महिला र बालबालिकाको बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने

चितवन । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले महिला र बालबालिकाको बेचबिखन रोक्न सबै एकजुट हुनुपर्ने बताएकी छन् ।

आदर्शनारी विकास केन्द्र चितवनको रजत महोत्सवका अवसरमा आज चितवनको नारायणगढमा आयोजित अभिनन्दन, सम्मान तथा रजत महोत्सव समापन समारोहमा उनले बेचबिखनविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरिन् ।

प्रदेश प्रमुख कोइरालाले भनिन्, ‘आउनुहोस् प्रदेश प्रमुखको हैसियतले र अभियनताको हैसियतले तपाईसँग हात जोडेर के भन्न चाहन्छु भने हामी एकजुट हौँ सबै एकजुट भएर हामी लाग्यौँ भने नेपाललाई बालबालिका र महिला बेचबिखनमुक्त गराउन सक्छौँ ।’

कार्यक्रममा उक्त संस्थाले महिला बालबालिकाको बेचबिखनविरुद्ध अभियान चलाएर उत्कृष्ट काम गरेकामा उच्च मूल्यांकन गर्दै कोइरालालाई दोसल्ला ओढाएर कदरपत्रसहित अभिनन्दन गरेको थियो ।

यसअघि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेकी छन् । कार्यक्रममा सामाजिक अभियानमा लाग्ने विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले उक्त केन्द्रले सराहनीय काम गरेको भन्दै हिंसा र बेचबिखन रोक्न सबै लाग्नुपर्नेमा जोड दिइन् ।

उनले भरतपुर महानगरमा नेतृत्व सम्हाल्नु अवसर र चुनौती भएको औँल्याउँदै नमूना शहरका रुपमा विकास गर्न लागिएको बताइन् ।

महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता पौडेलले महिला अघि बढ्नका लागि चुनौतीको सामना गर्नुपर्ने विचार व्यक्त गरिन् ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *