Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
एसएसपी खत्रीले सुन तस्करीमा संलग्न बारे खोले डरलाग्दो खुलासा – पर्ने भए ठुला माछाहरु ! – Rabin's Blog
Friday, March 29, 2024

एसएसपी खत्रीले सुन तस्करीमा संलग्न बारे खोले डरलाग्दो खुलासा – पर्ने भए ठुला माछाहरु !

काठमाडौं, १७ जेठ । साढे ३३ किलो सुन तस्करीमा मुछिएका एसएसपी श्याम खत्रीले बयानमा नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक गोविन्द निरौला र सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती गोरेको विशेष सम्बन्ध रहेको खुलासा गरेका छन् । उनले आफुलाई फसाउन गोरेले त्यस्तो बयान दिएको बताएका छन् । बिहिवार आत्मसमर्पण गरेका खत्रीले बयानका क्रममा यस्तो बताएका हुन् ।

आफूभन्दा माथिल्लो तहका निरौला र गोरेबीच विशेष सम्बन्ध रहेको उनको भनाई छ । उनले माथिल्लो निकायकै सुरक्षाकर्मीको संलग्नताका कारण आफूले विमानस्थलमा कार्यरत रहेका बेला सुन तस्करी रोक्न नसकेको बयान दिएका छन् ।

खत्रीले सुन तस्करी प्रकरणमा प्रहरीका अन्य धेरै अधिकारीको पनि संलग्नता रहेको बताएका छन् । ‘म एउटा एसएसपी हुँ, अरु कैयौं एसएसपी पनि सुन तस्करीमा संलग्न छन्, डिआईजी पनि छन्,’ खत्रीले बयानमा भनेका छन् । उनको बयानअनुसार अन्य धेरै वरिष्ठ प्रहरी र नेताहरु पनि मुछिने आशंका गरिएको छ ।

साथै खत्रीले गोरेले आफूलाई सरुवा गर्दिने भन्दै धम्क्याउने गरेको पनि बयानमा उल्लेख गरेका छन् । उनले मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा दिएको ८ पेज लामो बयानमा आफू सुन तस्करीमा संलग्न नरहेको बताएका छन् । उनले आफूलाई आफ्नै ब्याचीहरुले बढुवाबाट रोक्न षडयन्त्र गरेको बयान इजलासमा दिएका हुन् ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका
थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *