Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
रञ्जु दर्शनाले विद्यासुन्दरलाई भनिन्, ‘तपाईको एक वर्ष बित्यो मास्क मात्र बिक्यो’ – Rabin's Blog
Friday, April 19, 2024

रञ्जु दर्शनाले विद्यासुन्दरलाई भनिन्, ‘तपाईको एक वर्ष बित्यो मास्क मात्र बिक्यो’

काठमाडौं, १७ जेठ । विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै मेयर विद्या सुन्दर शाक्यको विरोध गरेको छ । विवेकशीलले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

निर्वाचनको समयमा मेयर शाक्ले एक सय दिनमा गर्ने आफ्ना एक सय एक कार्यक्रम प्रस्तुत गरेका थिए । तर ति कुनै पनि पुरा नभएको भन्दै विवेकशिलले विरोध गरेको हो ।

विवेकशिलले मेयर शाक्यले आश्वासनको भ्रम बांडेको भन्दै विरोध जनाएको छ । विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेता रञ्जु दर्शनाको नेतृत्वमा भेला भएका नेता कार्यकर्ताले मास्क लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘मेयर आउ मास्क हटाउँ, एक वर्ष वित्यो मास्क मात्रै विक्यो मेयर ज्यू, २० प्रतिशत समय वित्यो कति प्रतिशत वाचा पुरा भयो मेयर ज्यू, १०१ काम होइन १०१ भ्रम’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

काठमाडौंका मेयर प्रदूषण नियन्त्रणलाई आफेनो कामको प्रथमिकतामा राखेको भए पनि पुरा नगरेको भन्दै विरोध गरेको हो । निर्वाचित भएको १ वर्षवित्दा समेत नियन्त्रणका लागि कुनै प्रयास नगरेको भन्दै विवेकशील साझा प्रदर्शनमा उत्रिएको हो।

प्रदर्शनका क्रममा नेता रञ्जु दर्शनाले प्रदूषण नियन्त्रणका लागि दबाब सिर्जना गर्न महानगरलाई मास्क उपहार दिइने बताइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *