Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै चितवनबाट आयो दुखद दुर्घटनाको खबर ! – Rabin's Blog
Saturday, April 20, 2024

भर्खरै चितवनबाट आयो दुखद दुर्घटनाको खबर !

रत्ननगर, चितवन / चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ ।

राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सडक सम्याउने क्रममा एक्कासि ग्रेडर सडकबाट ५० फिट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज (शिक्षण अस्पताल), भरतपुरमा रातिनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच, चितवनको सौराहास्थित रत्ननगर नगरपालिका–६ मा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शौचालयमा एक पुरुष मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार स्थानीय ४४ वर्षीय बुद्धि गिरी शौचालयभित्र मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय, रत्ननगरका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार शौच गर्न गएका बेला एक्कासि ढलेर मृत्यु भएको अवस्थामा फेला पारिएको बताउनुभयो ।

लामो समयसम्म ढोका बन्द रहेपछि फोरेर हेर्दा गिरी मृतावस्थामा भेटिएका हुन् । वन्यजन्तुको आखेटोपहार राखिएको संग्रहालयका पर्यटकका लागि सो शौचालय बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *