Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै पहिरो खस्दा सोलुखुम्बुको महाकुलुङमा डोजरसहित सहचालक पुरिए – पुरा हेर्नुहोस – Rabin's Blog
Wednesday, April 24, 2024

भर्खरै पहिरो खस्दा सोलुखुम्बुको महाकुलुङमा डोजरसहित सहचालक पुरिए – पुरा हेर्नुहोस

सोलुखुम्बु । माथिबाट पहिरो खस्दा सोलुखुम्बुको महाकुलुङमा डोजरसहित सहचालक पुरिएका छन् । महाकुलुङ गाउँपालिका–१ बुङको पात्लेमा सडक निर्माण गरिरहेको समय माथिबाट खसेको पहिरोले डोजर र सहचालक पुरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बिहीबार दिउँसो साढे १ बजे पात्लेको बबर्दो भिरमा सडक खन्ने क्रममा एक्कासी माथिबाट पहिरो खस्दा नेचासल्यान गाउँपालिका–३ का २२ वर्षीय लोचन गौतम पुरिएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रद्युम्न कुमार अधिकारीले जानकारी दिए ।

डोजर चालक ओखलढुंगाका कमल भुजेल खाना खान गएको समयमा सहचालक गौतमले डोजरमा ग्रिज लगाउने क्रममा पहिरोले पुरेको बताइएको छ ।
सहचालकसँगै पुरिएको बा २ क ८०१७ नम्बरको बोबेल कम्पनीको डोजर महाकुलुङ गाउँपालिकाको लिखोला खोल्सीबाट बुङ बजारसम्म सडक खन्न प्रयोग गरिंदै आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *