काठमाडौं,जेठ १९ –दोलखा केन्द्र बनाई ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ९ बजेर ७ मिनेटको समयमा दोलखा केन्द्र बनाई भूकम्प गएको हो।
यसअघि हिजो पनि बिहान २ बजेर १७ मिनेटको समयमा गोरखा केन्द्रबिन्दू बनाई ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।