न्युयोर्क । नक्कली काम गरेको अभियोगमा न्युयोर्कको क्वीन्स सन्निसाइडमा कानुन व्यवसाय पक्राउ परेकी छिन् । न्युयोर्कको क्वीन्स क्षेत्रमा कानुन व्यवसाय गर्दै आएकी आन्द्रिया दुमित्रुले १ सय ८० भन्दा बढी नक्कली एसाइलम फाइल गरेको अभियोगमा उनी पक्राउ परेकी हुन्। उनले सन् २०१२ देखि २०१७ सम्म १ सय ८० भन्दा धेरै नक्कली एसाइलमहरु फाइल गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको अनुसन्धानबाट पत्ता लागेको बताईएको हो।
उता पक्राउ परेकी इमिग्रेशन वकिल दुमित्रुले भने आँफुबिरुद्ध लगाईएका अभियोगहरु झुटो भएकी बताएकी छन्। उनलाई हरेक एसाइलम फ्रडको एउटा काउन्ट अभियोग लगाइएको छ । उनी दोषी प्रमाणित भएको खण्डमा १५ बर्षसम्म जेल जानसक्ने प्रावधान छ।