क्वालालम्पुर। ममाई ५ इलाम का इन्द्रबहादुर राइको गत राती मलेसियाको जोहोरबारु कुलाङमा मृत्यु भएको छ । एक इलेक्ट्रोनिक (Inno Values Kluang SDN BHD) भन्ने कम्पनी मा कार्यरत इन्द्र बहादुर राई अगिल्लो दिन डिउटिबाट स्वस्फूर्त अाइ बेलुका खाना खाएर सुतेका तर भोलिपल्ट बिहान काम मा जानको लागि साथीहरूले उठाउदा नउठेपछि हेर्दा मृत्यु भैसकेको कम्पनीका लिडर केसब बिष्टले जानकारी गराउनु भयो ।
कम्पनीमा समेत आज सबै कामदार बिदा दिइएको र शोक मनाएको बिस्टले जानकारी दिए । शवलाई कुलाङ बुस्सार हस्पिटलमा पोस्टमार्टमका लागि बिहानै लगिसकिएको छ। कम्पनीले शवलाई तुरुन्तै कागजि प्रक्रिया पुर्याएर दाहसस्कारको लागि सब नेपाल पठाउने भएको छ ।