Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
भर्खरै चीनले नेपालका लागि दियो अहिलेसम्मकै खुशिकाे खबर, भारतलार्इ यस्तो झट्का – Rabin's Blog
Friday, March 29, 2024

भर्खरै चीनले नेपालका लागि दियो अहिलेसम्मकै खुशिकाे खबर, भारतलार्इ यस्तो झट्का

चीनले ठूला जलविद्युत् आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत् र प्रसारण लाइन आयोजनाको सूची मागेको हो । प्रधानमन्त्री ओलीले सम्भवत: असार पहिलो साता चीन भ्रमण गर्दै छन् ।

ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग छलफलपछि चीनले मागेअनुसार ५ जलविद्युत् आयोजना र ५ प्रसारण लाइन आयोजनाको सूची टुंग्याएको छ । यो सूची परराष्ट्र मन्त्रालयमा पठाइसकिएको ऊर्जा मन्त्रालयले जनाएको छ । ती आयोजनासम्बन्धी विस्तृत जानकारी समेटिएको प्रतिवेदनसमेत चिनियाँ पक्षलाई पठाइने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तमोर, किमाथांका अरुण, उत्तरगंगा, नलसिंहगाड र पश्चिम सेती आयोजनाको नाम पठाएको छ । यस्तै प्रसारण लाइन आयोजनामध्ये गल्छी–केरुङ ४ सय केभी, बुटवल–अत्तरिया–महेन्द्रनगर ७६५ केभी, पूर्व–पश्चिम पहाडी लोकमार्ग ४ सय केभी प्रसारण लाइन, मस्र्याङ्दी–काठमाडौं ४ सय केभी, कर्णाली र कोसी करिडोर प्रसारण लाइन आयोजनाको नाम पठाएको छ ।

चिनियाँ पक्षले आयोजना र प्रसारण लाइनको निर्माणमा चासो देखाएको ऊर्जामन्त्री वर्षमान पुनले बताए । उनले सरकारले तमोर, किमाथांका अरुण र नलसिंहगाड आयोजनालाई प्राथमिकतामा राखेको बताए । नेपाल–चीन प्रसारण लाइन निर्माणका लागि पनि चिनियाँ पक्षले चासो देखाइरहेको छ । पहिलो नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका निम्ति ग्रिड कर्पोरेसन अफ चाइनाले जेठ पहिलो साता विद्युत् प्राधिकरणलाई पत्र पठाएको थियो । ग्रिड कर्पोरेसन अफ चाइनाले आआफ्नो भूभागको प्रसारण लाइन निर्माणको खर्च बेहोर्ने भन्दै प्राधिकरणलाई प्रस्ताव पेस गरेको हो । यो प्रसारण लाइन धादिङको गल्छीदेखि चीनको केरुङ हुँदै सिगात्सेसम्म पुग्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनले एक जलविद्युत् आयोजना र प्रसारण लाइन उपहारस्वरूप बनाइदिने र केही आयोजनाका लागि सहुलियतमा ऋण उपलब्ध गराउने सम्भावना छ । हाल विभिन्न चिनियाँ कम्पनीले कुल ८ सय ५० मेगावाट क्षमताका ११ आयोजनामा काम गरिरहेका छन् ।

चिनियाँ राजदूत यू होङले केही अघि ऊर्जामन्त्री वर्षमान पुनसँगको भेटमा चिनियाँ सरकारको सन्देश सुनाएकी हुन् । नेपालका लागि चिनियाँ राजदूत लीलामणि पौडेलले पनि ऊर्जामन्त्री पुनलाई भेटेका थिए । पौडेलले पनि जलविद्युत् आयोजना बनाइदिने चिनियाँ चासोबारे मन्त्रीलाई जानकारी गराएका थिए । विभिन्न क्षेत्रका आयोजनालाई चीनले गर्न सक्ने सहयोगको सम्बन्धमा चिनियाँ पक्षले परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग लगातार छलफल गरिरहेको छ । आइतबार पनि चिनियाँ टोली परराष्ट्र मन्त्रालयमा पुगेर छलफल गरेको थियो ।

प्रधानमन्त्री ओली आफ्नो पहिलो कार्यकालमा चीन भ्रमण जाँदा पनि नेपाली पक्षले केही जलविद्युत् आयोजना निर्माणका लागि प्रस्ताव गर्ने गृहकार्य गरेको थियो । २०७२ मा भएको ओलीको चीन भ्रमणको क्रममा पारवहन र व्यपारसम्बन्धी सम्झौता भए पनि जलविद्युत् सम्बन्धी कुनै सम्झौता भएन ।

कस्ता छन् नेपालले प्रस्ताव गरेको विद्युत् आयोजना
तमोर : ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना अहिले अध्ययनको चरणमा छ । यसको विस्तृत परियोजना र अध्ययन र डिजाइनका लागि नेपाल विद्युत् प्राधिकरणले चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यसको अध्ययन अघि बढाएको हो । आयोजनाले तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लालाई छुनेछ ।

किमाथांका अरुण : विद्युत् उत्पादन कम्पनी लिमिटेडले ४५० मेगावाटको किमाथांका अरुणको अध्ययन गरिरहेको छ । यो आयोजनाका लागि विद्युत् विकास विभागले उसलाई २०७४ मा यो आयोजनाको अध्ययन अनुमति दिएको थियो ।

उत्तरगंगा : ३ सय मेगाावट क्षमताको उत्तरगंगा जलाशययुक्त आयोजनाको विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ । बागलुङमा बन्ने यो आयोजनाको विस्तृत अध्ययन जारी छ । यसलाई सजिलै र चाँडै निर्माण गर्न सकिने आयोजना मानिएको छ ।

नलसिंहगाड : जाजरकोटको खगेनकोट दल्लीमा निर्माण हुने ४१० मेगावाट क्षमताको यो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माणको क्रममा छ । साथै आयोजना निर्माणका लागि प्रभावितलाई मुआब्जा वितरण हुने क्रममा छ । आर्थिक वर्ष २०७४/७५ मा आयोजनालाई ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

विजय तिमल्सिना/कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *