Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
अबदेखि नेपालमा पनि हजार र पाँच सयका नोटहरू बन्द गरिने संकेत! – Rabin's Blog
Tuesday, April 23, 2024

अबदेखि नेपालमा पनि हजार र पाँच सयका नोटहरू बन्द गरिने संकेत!

काठमाडौं । प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचार तथा कालोधनको नियन्‍त्रण तथा छानबिनका लागि विशेष योजना बनाउने तयारी गरिरहेका बेला सत्तारुढ दलका नेताले पाँच सय र एक हजार दरका नोटको प्रयोग बन्द गर्नुपर्ने सुझाव दिएका छन्।

पूर्वअर्थमन्‍त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सरकारलाई सार्वजनिक रुपमै यस्तो सुझाव दिएका छन्। नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलामा सहभागी हुन चितवन पुगेका पाण्डेले नेपाल समयसँग भने, ‘पाँच सय र एक हजार दरका नोट अहिले नै बन्द गर्नुपर्छ भन्‍ने मेरो मनसाय होइन। तर यसको विकल्पबारे सोच्‍नुपर्छ। भ्रष्टाचार र पैशाको अवैध चलखेल नियन्‍त्रणका लागि हजार तथा पाँच सयको नोटको प्रयोगलाई निरुत्साहन गर्नुपर्छ।’

उनको प्रश्‍न छ, भारत, अमेरिकाजस्ता विकसित देशमा सयको नोटले चल्ने, हामीलाई किन चाहियो हजार र पाँच सय रु एक सय रुपैयाँ दरको नोटमात्रै चलनचल्तीमा ल्याएमा भ्रष्टाचार तथा घुसखोरी धेरै नियन्‍त्रण हुने तर्क पाण्डेको छ।

भ्रष्टाचार र घुसखोरीमा संलग्‍न हुनेहरुलाई हजार र पाँच सयको नोट बोराबोरामा ओसार्न सजिलो भएको उनले बताए । उनले सूचना प्रविधिको युगमा अब डिजिटल करेन्सीमा जोडदिनुपर्ने र बैंकिङ प्रणालीमार्फत मात्रै कारोबार गर्ने पद्धति विकास गर्नुपर्ने बताए। उनले यसबारेमा प्रधानमन्‍त्री ओली र अर्थमन्‍त्री युवराज खतिवडालाई समेत सुझाव दिइसकेका छन्।

प्रधानमन्‍त्री नरेन्द्र मोदीले भारतमा पाँच सय र हजारका नोट प्रयोगमा प्रतिबन्धको आकस्मिक घोषणा गरेपछि भारतीय अर्थतन्त्र ठूलो भुँइचालो गएको थियो। त्यसको असर नेपालमा समेत परेको थियो। भारतमा पाँच सय र हजारका नोट प्रतिबन्ध भएपछि अवैध रुपमा घरमा लुकाइ राखेका हजार र पाँचसय बिटासहित थुप्रै बोराहरु नाली र फोहोरमा फालिएको थियो। नेपालमा पनि त्यो अवस्था आउनसक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *