डिसी नेपाल / बुटवल ।
बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकपको पहिलो समिफाइनल खेल स्थगित भएको छ । ललितपुरको थ्री–स्टार फुटबल क्लव र आयोजक मदन भण्डारी एकेडेमीबीच तय भएको खेल वर्षाका कारण हुन नसकेको हो ।
खेललाई आईतबारको लागि सारिएको छ । अब शनिबार हुने अर्को सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लवले साविक विजेता सुनौलो संगम क्लवसँग प्रतिस्पर्धा गर्नेछ । आठ टोली सहभागी प्रतियोगिताको विजेताले उपाधि सहित १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।