Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
क्रिकेटमा फुटबलको नियम ! यस वर्षको आइपिएलमा हुनेछन् यस्ता परिवर्तन – Rabin's Blog
Tuesday, April 23, 2024

क्रिकेटमा फुटबलको नियम ! यस वर्षको आइपिएलमा हुनेछन् यस्ता परिवर्तन

एजेन्सी। ७ अप्रिलदेखि इण्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुँदैछ । आइपिएलको यो ११ औं सिजन क्रिकेट प्रेमीहरुको लागि विशेष हुँदैछ । यसको कारण हो नयाँ नियमहरु । यस पटक आइपिएलमा केही नयाँ नियमहरु देखिनेछन् जो यसअघि पहिले कहिल्यै देखिएका थिएनन् ।

१. खेलाडीको टिम परिवर्तनः यस पटकको आइपिएलमा सबैभन्दा रमाइलो नियम हो यस सिजनमा बीचमै खेलाडीहरु एउटा टिम छोडेर अर्को टिममा जान सक्छन् । नयाँ नियमअनुसार २५ औं खेलपछि अनक्याप्ड र विदेशी खेलाडी अर्को टिममा जान सक्छन् । फुटबलमा यस्तो नियम पहिल्यै छ । यो नियम अनक्याप्ड र विदशी खेलाडीको लागि मात्र लागू हुनेछ । भारतीय क्याप्ड खेलाडी (जुन खेलाडीले टेष्ट, वनडे वा टि–२० इन्टरनेशनलमा भारतको राष्ट्रिय टिमबाट खेलिसकेका छन्) भने यसरी अर्को टिममा जान पाउने छैनन् । २५ औं खेल खेल्दासम्म मात्रै २ वा सोभन्दा कम खेल खेलेका खेलाडी मात्र यसरी अर्को टिममा जान सक्नेछन् । यसका लागि दुई टिमले आपसमा सल्लाह गरी खेलाडी सार्न सकिनेछ ।

२. डिआरएसः आइपिएलको ११ औं सिजनमा डिआरएस लागू हुनेछ । यो नियमअनुसार कुनै टिमले अम्पायरको निर्णयबाट सन्तुष्ट नभएमा अम्पायरको निर्णय रिभ्यू गर्न पाउनेछ । हरेक टिमले एक इनिङमा एक रिभ्यू पाउनेछ । अन्तर्राष्ट्रिय खेलमा यो नियम पहिल्यै भए पनि आइपिएलमा भने यसवर्ष पहिलोपटक डिआरएस लागू हुँदैछ ।

३. जर्सी कोड: यसपटक हरेक टिमका दुई किसिमका जर्सी हुनेछन् । तर ती जर्सी लगाउनका लागि खास नियम छ । पहिलो किसिमको जर्सी कुनै पनि टिमले आफ्नो होमग्राउण्डमा खेल्दा मात्र लगाउनेछ । दोस्रो किसिमको जर्सी उसले विरोधी टिमको होमग्राउण्डमा खेल्दा लगाउनुपर्नेछ । यो सिजनमा हरेक टिमले १४ खेल खेल्नेछन् । तीमध्ये हरेक टिमले ७ खेल आफ्नो होमग्राउण्डमा खेल्नेछ भने ७ खेल विरोधी टिमको होमग्राउण्डमा खेल्नेछ । यो पनि फुटबलमा भइरहेको अभ्यास हो जो पहिलो पटक आइपिएलमा देँिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *