Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बिहानै त्रिभुवन बिमानस्थलबाट आयो यस्तो खबर – Rabin's Blog
Tuesday, April 16, 2024

बिहानै त्रिभुवन बिमानस्थलबाट आयो यस्तो खबर

काठमाडौँ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनका लागि नीतिगत रुपमै सुधार गर्न विज्ञले सरकारलाई सुझाव दिएका छन्।

समग्र हवाई क्षेत्रको सुधारका लागि रायसुझाव दिन गठित विज्ञ समूहले आफूले तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै उनीनीतिगत सुधार, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सहयोगमा सोमबार यहाँ आयोजना गरेको ‘हवाई क्षेत्रको पुनःसंरचनासम्बन्धी राष्ट्रिय कार्यशाला’मा सम्बन्धित क्षेत्रका विज्ञले उड्डयन क्षेत्रमा गरिनुपर्ने तत्कालीन सुधारका उपाय र संरचनागत सुधारका विषय बुँदागत रुपमा प्रस्तुत गरेका थिए।

नागरिक उड्डयन क्षेत्रमा सुधार गर्नुपर्ने राय सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मासहित मन्त्रालयले गत चैत २५ गते २१ सदस्यीय (नागरिक उड्डयन क्षेत्रमा लामो अनुभव र ज्ञान भएका) विज्ञ समूह गठन गरेको थियो।

विज्ञलाई नागरिक उड्डयनका फरक चार विषय र २१ कार्यविधिसहितको जिम्मेवारी दिइएको थियो। पूर्वसचिव वीरेन्द्रबहादुर देउजाले ‘विमानस्थल पूर्वाधार विकास, उपयोगिता र जनशक्ति व्यवस्थापन’ र नगेन्द्रप्रसाद घिमिरेले ‘विमानस्थल सञ्चालन र हवाई अर्थतन्त्र’ तथा नागरिक उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव सम्हालेका विज्ञद्वय ललितविक्रम शाह र कमलप्रसाद रिजालले क्रमशः ‘नागरिक उड्डयन क्षेत्रको संस्थागत कानूनी संरचना’ र ‘आधुनिक विद्युतीय प्रणालीको योजना’बारे कार्यपत्र प्रस्तुत गरेका थिए।

पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, क्यानका उच्च पदाधिकारी, निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीका प्रमुखसहितको कार्यशालाबाट आएको रायसुझावलासमेत समेटेर विज्ञ समूहले पूर्ण प्रतिवेदन तयार गर्ने र मन्त्रालय र मातहत निकायले त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जनाइएको छ।

गोष्ठीको उद्घाटन गर्दै पर्यटनमन्त्री अधिकारीले नेपालको हवाई क्षेत्रलाई विश्वस्तरीय बनाउन नीतिगत तथा संरचनागत सुधार गरिने बताए।

“उड्डयन क्षेत्रलाई मार्गदर्शन गर्न विज्ञको कार्यपत्र उपयोगी छ। उड्डयन क्षेत्रलाई विश्वप्रतिष्पर्धी बनाउने चुनौती छ, क्यानलाई प्रतिष्पर्धी र क्षमतावान् बनाई विश्वस्तरीय बनाउनैपर्छ र त्यो सम्भव पनि रहेकाले सोहीअनुसारको योजना, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासलाई अघि बढाइनुपर्छ,” , उनले भने।

मन्त्री अधिकारीले सरकारले समग्र हवाई क्षेत्रको नीतिगत र संरचनागत सुधार तथा पूर्वाधार विकासलाई प्राथमिकता दिई निजी क्षेत्रको समेत साझेदारितालाई प्रभावकारी बनाउने उल्लेख गरे।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको हवाई क्षेत्रलाई सुधार्न नीतिगत रुपमै सुधार गर्न विज्ञको कार्यपत्र उपयोगी हुने बताए।  मन्त्रालयकै सहसचिवद्वय सुरेश आचार्य र बुद्धिसागर लामिछानेले हवाई क्षेत्रलाई गुणस्तरीय र प्रतिष्पर्धी बनाई मुलुकको विकास र समृद्धिसँग जोड्न प्राप्त रायसुझावलाई व्यावहारिक कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *