Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
बीरगञ्जमा एक रिक्सा चालककाे यस्तो विभत्स मृत्यु, मृत्यु कि हत्या? – Rabin's Blog
Friday, April 19, 2024

बीरगञ्जमा एक रिक्सा चालककाे यस्तो विभत्स मृत्यु, मृत्यु कि हत्या?

वीरगञ्ज । वीरगञ्जमा एक रिक्सा चालकको शंकास्पद मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकीमा सोलुखुम्बु घर भएका गोपाल परियार मृत भेटिएका हुन् ।केही वर्ष भारतको सितामढीमा गएर काम गरेर फर्केका परियार दुई वर्षदेखि भाडामा लिएर वीरगञ्जमा रिक्सा चलाउँदै आएका थिए ।

रानीघाटमा निर्माणाधिन घरमा राखिएको ठेलामा परियारको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए । उनको मृत्यु शंकास्पद देखिएकोले थप अनुसन्धान भइरहेको उनले बताए । ‘मृतकको घाँटीमा निल डाम पनि देखिएको छ, दायाँ खुट्टामा सामान्य चोट लागेको छ ।

निधारमा आँखा भन्दा माथि सुन्निएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा शंकास्पद छ, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सक्ने अवस्था छ ।’ परियारको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *