Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
प्रचण्डलाई जिउँदै श्रद्धाञ्जली दिने डिएसपी पन्त बढुवाको सूचिमा – Rabin's Blog
Friday, April 19, 2024

प्रचण्डलाई जिउँदै श्रद्धाञ्जली दिने डिएसपी पन्त बढुवाको सूचिमा

काठमाडौं, २३ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डलाई हार्दिक श्रद्धाञ्जली लेख्ने डिएसपी गंगा पन्त बढुवाको सूचिमा परेकी छिन् । बढुवाका आकांक्षी ४८ जना डिएसपी भएपनि एसपीको पद २८ मात्र खाली भएको हुँदा सबैको बढुवा हुन नसकेको हो । बढुवा सूचीमा एक नम्बरमा परेका अच्युत पुडासैनी कर्मचारी प्रशासन शाखामा बसेर राम्रो काम गरेर छानिएका हुन् । प्रधानमन्त्री केपी ओलीका बडिगार्ड डिएसपी सानुराम भट्टराई सक्षम भएरै चार नम्बरमा आएका हुन् । महाराजगञ्ज प्रहरी बृतमा रहँदा भट्टराईले मिर्गौला तस्करीको गिरोहलाई कानूनी कठघरामा ल्याउन सफल भएका थिए । कैलालीमा डिएसपी छँदा पनि राम्रो काम गरेर भट्टराईले उत्कृष्ट पुरस्कार पाएका थिए ।

वरीयता क्रममा एसपीको बढुवा सूचीमा रहेकी गंगा पन्त १५, वसन्त रजौरे २६, सोमेन्द्रसिंह राठौर ९, प्रवीण पोखरेल २३ र भूपेन्द्रबहादुर खत्री १४, नम्बरमा परेका छन् । हालको बढुवा समितिले दिन मिल्ने ७.५ नम्बर थियो । राठौर, पन्त, पोखरेललगायतलाई उच्च अंक दिंदा पनि उनीहरूपछि परेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

यीमध्ये हाल चर्चा ल्याइएकी डिएसपी पन्तले ज्युँदै रहेका तत्कालीन माओवादीका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रकरणमा फेसबुकमा ‘रिप’ भनेर कमेन्ट लेखेपछि उनलाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको थियो ।
कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि महाअभियोगका पक्षमा अमित सिहं कार्कीले फेसबुकमा लेखेको स्टाटसमा गंगाले प्रचण्ड र देउवालाई श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् । पर्वतमा डिएसपी छँदा क्रसर र रोडा ढुंगाको घोटलामा डिएसपी पन्तविरुद्ध प्रहरीले छानविन समिति नै बनाएर कारबाही स्वरुप सचेत गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *