Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4755

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4762

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/ad-inserter/ad-inserter.php on line 4769

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 77

Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/rabincha/domains/rabinchaudhary.com.np/public_html/wp-content/plugins/jetpack/_inc/lib/class.media-summary.php on line 87
वि.स.२०७५ साल जेष्ठ २४ गते । बिहिबार । ईश्वी सन् २०१८ जुन ०७ तारिखको राशिफल हेर्नुहोस – Rabin's Blog
Saturday, April 20, 2024

वि.स.२०७५ साल जेष्ठ २४ गते । बिहिबार । ईश्वी सन् २०१८ जुन ०७ तारिखको राशिफल हेर्नुहोस

वि.स.२०७५ साल जेष्ठ २४ गते । बिहिबार । ईश्वी सन् २०१८ जुन ०७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण पक्ष । तिथि अष्टमी ७ घडी ३५ पलाा,बिहान ८ बजेर १२ मिनेट उप्रान्त नवमी । नक्षत्र पूर्वाभाद्रपदा ३३ घडी ३ पला,बेलुकी ६ बजेर २३ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग प्रिति ३७ घडि १७ पला,बेलुकी ८ बजेर ४ मिनेट उप्रान्त आयूष्मान । करण कौलव,बिहान ८ बजेर १२ मिनेट उप्रान्त तैतिल,बेलुकी ८ बजेर ३१ मिनेट उप्रान्त गर । आनन्दादिमा मुदगर योग । चन्द्रराशि कुम्भ,दिउसो १२ बजेर ४ मिनेट उप्रान्त मिन । पञ्चक ।

काठमाडौंमा सूर्योदय ५ बजेर १० मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानिका बाटाहरु फराकिला हुनेछन् भने ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । नोकरिमा बढुवा हुने तथा राज्यबाट सहयोग हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई अछाडि पार्दै पुरस्कार जित्ने समय रहेको छ । साथिभाई, परिवार तथा आफन्तहरु तपाईको कामदेखि प्रशन्न हुनेछन् । मध्यान्हबाट खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा नै बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — १,५ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको समर्थन प्राप्त हुनेछ । राजनितिक सभा समारोहमा सहभागि हुने अवसर जुर्ने तथा सम्मान ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक रुपमा सवल हुनका लागि चालिएका प्रयासहरुका बाधा तथा अवरोधको सामना हुन सक्छ ध्यान दिनुहोला । व्यापारमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ ।

शुभ अंक — २,६ शुभ दिशा — पुर्व

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ । सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुनुहुनेछ । प्रतिष्पर्धिहरु टाडै बस्ने तथा सत्रु परास्त हुनेछन् ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ख्याल गर्नुहोला । नितिगत मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । मध्यान्हबाट राजनिति तथा समाजसेवामा जनताको उत्साहजनक सहभागिता सहितको समर्थन पाईने तथा राज्यमा निर्णायक तहमा सम्मानजनक उपस्थिति हुनेछ । सामाजिक सञ्जाल तथा सञ्चारको साधन प्रयोग गरेर आफ्ना भनाईहरु जनमानसमा पुर्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानुका साथै आफन्त तथा साथिभाईसँग सँगै रहेर लामो समय भलाकुसारि गर्ने अवसर जुर्नेछ ।

शुभ अंक — १,४ शुभ दिशा — पुर्व

शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने तपाईको ब्याक्तित्व देखि सबै मोहित हुनेछन् । साझपखको समय मध्ययम रहेकोले आर्थिक समस्या आउन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

शुभ अंक — ५,६ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिद्या, वादबिवाद तथा प्रतिश्पर्धामा तपाईको जित निश्चित जस्तै रहेकोछ । मुद्दा मामिला तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । ब्यापार ब्याबसाय फस्टाएर जानेछ भने पुरानो काम फक्ते हुने तथा नयाँ काम आउनेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ । साझपख लामो दुरिको व्यापारिक यात्रा तय गर्न सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग —हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा अविस्वास आउन सक्छ अलि बढि सचेत हुनुहोला तथा पति पत्निबिच अबिश्वास सिर्जना हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति भएर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने पर्तिपर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा

शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आधुनिक कृषि तथा पशुपालन व्यावसायबाट भने जस्तो आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाफा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ । मध्यान्हबाट समय राम्रो रहेकोले भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

शुभ अंक — २,८ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ भने यात्राका क्रममा साथिभाई तथा आत्मिय मित्रका साथ मिठा मिठा परिकार खादै तथा पिउदै दिन ब्यातित गर्न सकिनेछ । छिमेकि तथा दाजुभाई हरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । साझपख आफन्त तथा आमा सँग बिवाद हुने योग रहेकोछ ।

शुभ अंक —३,९ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । मध्यान्हबाट समय राम्रो आउने हुनाले व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने आर्थिक अवस्था सुदृड हुनेछ । मन मिल्ने साथिको साथ रमाईलो यात्राको तय गर्न सकिनेछ ।

शुभ अंक — २,४ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले तपाईको प्रखर बोलिले सबैको मन जित्नेछ भने थोरै बोलेर धेरै आय आर्जन गर्न सकिनेछ । सभा समारोहमा सहभागि भई आत्मिय मित्रहरुका साथ मिष्टान्न भोजन ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई मन मुटुमा राख्न सकिने तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ । कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय मध्ययम रहेकोले माया प्रेम तथा पति पत्निबिच सामान्य बिषयमा मनमुटाब बढ्नेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईनेछ तथा व्यापार व्यावसाय फस्टाएर जानेछ ।

शुभ अंक — ३,४ शुभ दिशा — उत्तर

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट : राशिफलमा जे जस्तो भए पनि व्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *